विवशता

कवि
कवि

धर्मेन्द्र तिम्सिना “क्षितिज”
ओहायो, अमेरिका

 

फेरि त्यही अट्टाहास सुनियो
हाँस्यो !
छेउमै आएर..
खित्का छोड्दै..
भित्र किल्किलेसम्म देखाएर
उसको गरिबीप्रती
उसको विवशताप्रति।

दोष लगाएर
आफू सहि बन्ने होडबाजीमा
कतिले ज्यान गुमाउँछन्
कतिले माटो गुमाउँछन्
कति बाध्यतामा विदेसिन्छन्
अनि त्यही विवशताभित्र
म जस्ताहरु
शून्य भइरहन्छन्
केवल जिन्दगी बँचाइरहन्छन्
पेट मात्र भरिरहन्छन्।

संसार यस्तै छ
कतै चित्त बुझाउने ठाउँ छैन
कतै मन भुलाउने गाउँ छैन
मात्र अविश्वास छ
मात्र छलकपट छ
मात्र लुटपाट छ
आँखै अगाडी।
अनि…..!!
उसले आत्महत्या गर्दछ।
फेरि उसले बाँच्न बिर्सन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *