शुभकामना तथा बधाई सन्देश

भूटानी-नेपाली साहित्यको एउटा दरिलो र भरपर्दो प्लेटफर्म  Bhutaneseliterature.com प्रकाशनको हिसाबले दसौँ वर्ष पुरा गरेकोमा भूटान मिडिया सोसाइटी हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छ । इतिहासतिर फर्केर हेर्दा नेपाली भाषी भूटानी र नेपाली भाषामाथि उतिबेलाको तानासाही राज्यब्यवस्थाले ठुलै अन्याय गरेको सर्बबिदितै छ । हाम्रो आफ्नो भेषभुषा, संस्कृति अनि भाषाकै कारण हामीलाई राज्य ब्यावस्थाले देशबाटै निकाल्यो, गलहत्याएर । उ बेला पाठ्यक्रममा भएका नेपाली र संस्कृत भाषाका पुस्तकहरू तानासाही राज्यब्यवस्थाले जलाइदियो । तर हामीले नेपाली भाषा बोल्न र लेख्न कहिल्यै छाडेनौ, डराएनौ । तेस्रो देशमा हाम्रो पुनर्वाससँगै नेपाली भाषाको संरक्षणमा चुनौतीहरू देखिएका छन्। त्यस्ता चुनौतीहरूका बावजुत पनि Bhutaneseliterature.com ले आफ्नो प्रकाशनलाई दसौँ वर्षमा प्रवेश गराएर एउटा महत्वपूर्ण र भरपर्दो प्लेटफर्मको रूपमा आफूलाई स्थापित गरेको छ ।

Bhutaneseliterature.com ले जसरी आफ्नो मातृभाषाको संरक्षण र साहित्यको विकासका निम्ति योगदान पुर्‍याएको छ, त्यो अन्यन्तै सराहनिय काम भएको छ । यस्तो महान् कार्यको निम्ति अहोरात्र खटिनु हुने सबै स्वयम्सेवक र साहित्य लेखन गर्नुहुने लेखकहरूलाई भूटान मिडिया सोसाइटी धन्यवाद एवं शुभकामना दिन चाहन्छ । Bhutaneseliterature.com अझ खारिँदै जाओस् । यो प्लेटफर्मले आगामी दिनहरूमा हाम्रो आफ्नै ‘भूटानी-नेपाली’ साहित्यको पहिचान बनाउँदै विश्व साहित्यमा हामीलाई चिनाउन सकोस्।

टिपी मिश्र
कार्यकारी निर्देशक
भूटान मिडिया सोसाइटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *