श्रापित पारिजात

देउकुमार तामाङ,
खुदुनावारी, झापा

चुक घोप्ट्याएको अँधेरी रात
रातको एक छत्त साम्राज्य
मेरो जीजिबिषाको परिधि
यस अर्थमा,
मेरो सोच
मेरो विचार
मेरो चेतना
मेरो दृष्टिकोण
मेरो कला
मेरो भाषा—साहित्य
मेरो समाज
मेरो स्ववास्तविक्ता अनि
मेरो सिङ्गो जीवन
सबै सबै अध्यारो
अन्धकारको हिटलर अनि
उज्यालाको ग्रेटवाल भन्छ
“तिमी श्रापित पारिजात
अध्यारो मै फुल
बिहान नहुँदै ओइलिएर झर
अध्यारो तिम्रो जीवन हो, परिवेश हो
तिमी शिरपूmल हुनै सत्तिनौ
तिमी विजयको प्रतीक बन्नै सक्तिनौ ”
यस अर्थमा
पारिजातका लागि उज्यालो वर्जित फल हुनसक्छ
तर अपसोच,
उज्यालोको प्रतीक
शान्ति र सौन्दर्यको प्रतीक
कालो बादलको सिमना नाघेर
उज्यालोको प्रकाशमा म हराएको पल
चाखेको छु
त्यो तिमीले गरेको वर्जित फल
त्यसैले
जून तारा मण्डलीको आकास
उनैको शीतको परिचय
चुक घोप्ट्याएको कालो रातको क्षितिज भन्दा
परको आकाश अनि परिधि
उनको मात्र पटक्कै हुन सक्दैन
हुनु पनि हुँदैन
किन कि एकासौं शताब्दीका पारिजातहरु
श्रापित हुनै सक्दैनन्

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *