संस्मरण

तारा भण्डारी
सिड्नी अस्ट्रलिया

काँडा चौर हिमाल पाहाडहरिया खोल्सा र छाँगा नदी,
अम्बक् जामुनु अम्बके र सिगटो ऐसेलु काफल फली
चम्पाचाप चमेलस् जुइभुइ चम्पा फुलैले सझी
सुन्दत्यो धरणी अहो अवकसो सप्ना महाँ नै बस्यो ।। १।

पुर्खाले अघिल्यो गरेअतिकडा सघर्ष त्यो ठाँउमा ।
जङगलफाँडिसफा गरेर घर औवारी र खेतै त्यहाँ ।।
भिरपाखाँ नभनी खने ससुकत्यो होला सुखि जीवन ।
साग्सब्जी अनिघाँस पात नखिल् ताम्बुल् सुपारी बन ।। २ ।

सुन्तोला अनिकागती र बखडा आलु अलैंची केरा ।
पकेका रसिला सुम्वाद भरिला नस्पाती खाल खालका ।
खेत्मा धान झपक्क पाकी सुनझैं लपक्क लप्केको त्यो ।
कौसीमा बसिहेरदा वरिपरि स्वर्गीय आनन्द थ्यो ।।

गाइगोठ र भैसी अनिफेर भेडार बाख्रा अनि ।
पालेका अति सौख्यसाथ घरमा आनन्द मानिकनै ।।
आफ्नो धर्म र कर्म साथ सबले गथ्यौं सधैं चिन्तन ।
पुजापाठ र यज्ञकर्म अनि फेर् स्वहा स्वधां तर्पण ।।

सुन्दथ्यौ सवगाँउ ठाँउ अनि फेर् शिखर् हिमालै सरी ।
टल्टल्टल्कने सुर्यका किरणले छाना घरैका पनि ।।
आफ्ना पौरखले खडा गरिएका दुइ तीन तले घर पनी ।
चट्टै छोड्नु पर्यो नबीन धरती सम्झी मनै रुन्छ नि ।।

One Reply to “संस्मरण”

  1. Sushil Pokhrel

    तारा जी,
    हो नि त ………..आफ्नो गाउँ, ठाउँ, भिर- पाखा, उकाली ओराली दिमाखमा रही नै रहन्छन | तपाइको संस्मरण चाख लाग्दो लग्यो | छन्दमा कविता लेख्ने क्रम जारी राख्नु होला |
    सुशील पोखरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *