सपना होला सायद

कवि
कवि

डिल्लीराम रेग्मी 
ओहायो, अमेरिका

सपना होला सायद
सपना नै हुनुपर्छ
म त्यही घरको बलेँसीमा आफूलाई उभिएको पाउँछु
मलाई ऊ नियालेर हेर्छ
नचिने झैँ बहाना गर्छ
ऊ सायद कुप्रो भएछ धेरै,
मैँले पो ठम्याउन नसकेको हो कि
कपाल झरिसकेको देख्छु उसको
तिमी बुढो भएछौ – भन्छ मलाई हेरी ऊ
किन, सबै फुलेछन् त कपाल? भनेर गिज्याउँछ
तिम्रो अनुहार त पुरै बदलिएछ
धमिलो देख्छु तिम्रो हसाई, चमक हराए छ
तिमी गएदेखि यहाँ सबै उदास छ
फर्केर अाउनमा धेरै समय लगायौ
मेरो जाने समय भैसकेको छ
के के गुनगुनाइरह्यो उसले
म चुप-चाप सुनिरहेको छु
केही बोल्ने शक्ति छैन ममा यति खेर
कसैले घाँटी दबाए झैँ लागिरहेछ
मैँले उसलाई बर्षौं पहिला एक्लै छोड्दा
उसले पनि केही बोल्न सकेको थिएन
सायद आज मलाई जस्तै भएको थियो उसलाई पनि……

Leave a Reply

Your email address will not be published. Required fields are marked *