समयको परिचय

यज्ञ काश्यप
नर्थ डाकोटा, अमेरिका 

कहिले झुटा सपना देखाएर जान्छ समय
कहिले फाटेका मन सिलाएर जान्छ समय

ऊ अमृत पिलाउँछु भन्छ अमर बनाउन
भुमरीमा पारी आफैँ नै पिएर जान्छ समय

यहाँ रड्ंगीबिरड्ंगी जात्रा हुन्छन् पृथ्वी बन्छ मञ्च
जीवन एक पात्र हो नचाएर जान्छ समय

खुसी देखाई समयले पल पल रुवाउँछ
अन्ततः दुखी भो आत्मा र लिएर जान्छ समय

Leave a Reply

Your email address will not be published. Required fields are marked *