समयको वेग

भानु ढुङ्गाना
क्यानाडा

सुरु म आफैबाट हुनुपर्छ
तर,तिमी पनि तयार हुन सक्नुपर्छ
म उखुम गर्मी पनि सहन सक्छु
भन तिमी पनि म उष्ण जाडो सहन सक्छु
फेरी म अत्यास सहन्छु,
अभाव सहन्छु ,

भन तिमी फेरी
म तुफान सहन्छु
हुन्छ भने हामी बिच यति सहमति
म सूर्य शक्ति लिएर प्रस्तुत हुन्छु
तिमी धर्ती बनेर जाग्नु
म वसन्त लिएर झिल मिलाई दिन्छु।

यो हाम्रो कावा खाने समय
गृष्मको हरियाली प्रवर्द्धन गर्न सक्नुपर्छ
साँच्चै तिमी पृथ्वी लोकमा
उदाउनै पर्छ भने
तिमीले कोमलताको बीजारोपण गर्नै पर्छ
सुरु म आफैबाट हुनुपर्छ
यो तिमीलाई थाहा
हुन्छ या हुँदैन !
तिमी हरदम तयार हुनै पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *