समानान्तर

उपेन्द्र सुब्बा
काठमाण्डौ नेपाल

बाबुले नपढेर दुःख पाए
मैले पढेर दुःख पाएँ ।

बाबु गाउँमा हलो जोत्छन्
म शहरमा टाउको जोत्छु ।

गरिखान बाबुसँग सारा संसार छ
भोकभोकै मर्न तयार मसँग अहँकार छ ।

बाबुले नपढेर दुःख पाए
मैले पढेर दुःख पाएँ ।

Don't have a Facebook account? Please, use the form below with other options!