सम्झना
नवीन भट्टराई
अष्ट्रेलिया
याद आउँछ, सम्झना छाउँछ
हर-पल, स्मृति छन् ताजा
बालापनमा सँगै खेलेको
हाँस्दै, रम्दै बजाउथ्यौं बाजा
तिहारमा देउसी भैली
दशैंमा रातो टीका
पैसा गन्दै किनेका थियौं
पड्कायौं कति पटेका
ती पल सम्झी आँसु आउँछ आज
सम्हल्न खोज्छु, सक्दिन यो मन
कुन देशमा छौं आज हामी
भीड छ मनिसको तर, लाग्छ सुन-सान्
को वैरी हुन्, को मित्र
छुट्याउन नसकिने छ यो संसार विचित्र
पिरोलिएर आउँछ यो मेरो मुटु
साह्रै दुख्छ भित्र-भित्र
मलाई मात्र हो कि यस्तो
कि हुन्छ सबैलाई ?
आफू हुर्केको ठाउँ छोडी आउँदाको
चोट कहाँ निको हुन्छ र दुवैलाई ?