साहित्य परिषद भूटानको जानकारी एवं आव्हान

आदरणीय भूटानी लेखक, सर्जक र आम जनसमूदाय
यहाँहरु सबैमा न्यानो अभिवादन ! भाषालाई सभ्यताको मूलमन्त्र मान्दै शरणार्थी क्याम्पको विकल अवस्थामा नेपाली भाषा र साहित्यको उन्नतिको लागि सन् १९९३ मा नेपाली भाषा परिषद, भूटानको स्थापना भएको थियो । त्यस हिसाबले “नेपाली भाषा परिषद, भूटान” भाषा, साहित्यको सम्वर्द्धन, विकास र उन्नतिका लागि समर्पित विस्थापित भूटानीहरुको पहिलो साहित्यिक संस्था हो । यो परिषद त्यो समयमा जन्मिएको थियो जहाँ अधिकांश भूटानीहरुमा नेपाली भाषा र साहित्यको खासै ज्ञान थिएन । भाषाको आधारभूत ज्ञान बाँढ्नदेखि विद्यालयमा पढाउने शिक्षकको उत्पादनमा नेपाली भाषा परिषदले खेलेको भूमिकाकाप्रति यहाँहरु सबै जानकारनै हुनुहुन्छ । त्यो समय पनि हाम्रा लागि अनुकूल थिएन न वर्तमान समय नै हाम्रा लागि सहज, अनुकूल । यद्यपि विपरित्तता, बिब्लाँटा र असहजता भित्रै सिर्जना र प्रगतिका फाँटहरु पहिल्याउन सकिन्छ, सम्भावनाका व्योमहरु उघार्न सकिन्छ । नेपाली भाषा परिषदले शरणार्थी अवस्थामा नेपाली भाषा–साहित्यका कक्षाहरु सञ्चालन गरी झण्डै आठ जहार जति भूटानीहरुलाई सुशिक्षित पारेको कुराप्रति सबै जानकार नै हुनुहन्छ । त्यसका अतिरिक्त शरणार्थी क्याम्पमा सञ्चालित विद्यालयका अधिकांश नेपाली भाषाका शिक्षक यही परिषदले उत्पादन गरेको यर्थाथतालाई पनि यहाँ बिर्सन सकिन्न । यतिखेर हामी परिषदको परिकल्पना गर्नु हुने र इतिहास निर्माणमा समिर्पित हुनुहुने भाषा–साहित्यप्रेमी ती अग्रजहरुप्रति सम्मान जनाउन चाहन्छौँ । “उम्रन्न बोट कसैले बिउ छरेर नगए” शब्द समर्पित छ ती संस्थापक धरोहरहरुलाई ।

पछि सन् २००४ मा यस संस्थालाई नेपाली साहित्य परिषद, भूटानमा रूपान्तरण गरियो । कालान्तरमा भूटानीहरुको तेस्रो देश पुनर्स्थापनासँगै संस्थाको क्रियाशीलतामा सुस्तता छायो । यद्यपि यो संस्थाले विगतमा गरेको मूल्यलाई अक्षुण्ण राख्न र भाषिक आन्दोलनको इतिहासलाई रक्षा गर्दै नयाँ परिस्थितिमा काम गर्ने बाटो पहिल्याउन, बदलिँएको सन्दर्भमा यसका उद्देश्यहरुलाई पुनपर्रिभाषित गर्न र नवीन सम्भावनाहरुको मूल्यान्वेशषण गर्न यसलाई सन् २०११ मा भूटान साहित्य परिषदका रूपमा रुपान्तरित गरियो । परिषद, भूटान साहित्य परिषदका रूपमा रुपान्तरित भएपछि यस संस्थासँग Bhutaneseliterature.com अन्तर्गभित हुन आइपुग्यो । अहिले भूटान साहित्य परिषदकै प्रकाशन पृष्ठ भएर यो वेवसाइट सञ्चालित छ । रेडियो सिर्जना पनि अहिले भूटान साहित्य परिषद अन्तर्गत नै सञ्चालित छ । भूटानी समाज विश्वभूगोलमा बाँढिएको वर्तमान अवस्थामा परिषदले चाहे अनुरूपको काम गर्न सकिरहेको छैन । यसरी विभिन्न देश–महादेशमा तितरवितर भएको सक्रमणकालीन आवस्थामा साहित्यको संस्थागत विकासमा पहल गर्ने जमर्को गरिए पनि आर्थिक अभाव, भौतिक उपस्थितिको असम्भव्यता, समयन्तरता र व्यस्त जीवन शैली, प्रविधिगत कठिनाइ आदिले परिदलाई गाँजिरहयो । यस अवस्थामा विगत केही समय यता विशेष गरी सामाजिक सञ्जालहरुमा परिषदको सक्रियता घटेको, समावेशी बन्न नसकेको र जागरुक युवाहरूलाई भूमिका नदिइएको भन्ने केही अनर्गल प्रचारबाजी गर्ने जुन फोहोरी खेल गरियो त्यो खेदजनक छ । हुन सक्छ परिषदका केही कमीकमजोरीहरु छन्, कठिन परिस्थितिमा भाषा–साहित्यको सेवा गर्ने जुन प्रयत्नहरू गरिए, जुन उपलब्धिहरु हासिल गरिए, जुन सम्भावनाहरुको खोजी गरियो तिनको पनि मूल्ययाङ्कन हुन जरुत छ ।

केही व्यक्ति सिर्जनामाभन्दा व्यक्तिको चरित्रहत्यको खेलखेल्नमा दिनरात लागि परेको यथार्थ तपार्इँ हामीले सामाजिक सञ्जालहरुमा पढ्न पाइरहेका छौँ । त्यस किसिमको दुरासापूर्ण अभिव्यक्तिले अग्रगमन र निकास दिन सक्तैन, त्यसले अन्योल र भ्रमको सिर्जना मात्र गर्दछ । हामी बिचको समझादारी, सद्भाव र सहकार्यले मात्रै हामीलाई समुज्जवल भविष्यतर्फ डोर्याउन सक्छ । यतिखेर तमात शुभेच्छुक र साहित्य प्रेमीहरुबाट हामी भूटानी समुदाय बिच देखा परेका विभिन्न साहित्यिक समूह एकजुट भएर जानुपर्छ भन्ने माग पनि उठिरहेको छ । परिषदमा रहेर काम गर्न चाहने र परिषदलाई नै परिमार्जन गर्दै नयाँ ढङ्गमा विकास गरेर जानु पर्छ भन्ने माग पनि जोडदार उठेको छ ।

आजको जटिल परिस्थितिमा उत्पन्न समस्याको समाधान गर्न, सबै लेखक–सर्जक र आम जनताको भावनालाई कर्द्दर गर्दै भूटानीहरु बिच साझा, समावेशी र अग्रगमनको माहोल सिर्जन गर्न, परिषदको वर्तमान कार्य समिति अब अमेरिकाको कुनै ठाउँमा एउटा भौतिक सम्मेलन गरी अघि बढ्ने निकर्षमा पुगेको छ । हामीलाई विश्वास छ परिषदको यो कदमलाई सबै भुटानी लेखक, सर्जक र आम जनसमुदायले सकारात्मक रूपमा लिनेछन् । परिषदको आजसम्मको इतिहासलाई सुरक्षित राख्तै, डायस्फोरिक भूटानी समुदायमा कार्यरत अन्य साहित्यक समुह-संस्थाहरुसँग एकता गरी अन्तराष्ट्रीय स्तरको एउटा साझा संस्था निर्माण गरी जानका लागि हामी सबै भूटानी साहित्यिक सघंसंस्था र व्यक्तिसँग प्रताव गर्दछौँ । सम्मानजनक र समावेशी एकीकरणले हामी बिच बृहत् साहित्यिक वातावरणको सिर्जना गर्नु मात्रै होइन भूटानीहरुको बेग्लै पहिचान स्थापित गर्न, अहिले देखिएका असमझदारी एवं भ्रमको अन्त्य गर्न र राज्यस्तरबाट प्राप्त हुन सक्ने सुविधाहरुका लागि पहल गर्न उल्लेखनीय भूमिका खेल्न सक्छ ।

हामीलाई थाहा छ यतिखेर धेरै युवाहरुमा भाषा–साहित्य र संस्कृतिप्रति रुचि पलाएको छ, सिर्जना गर्ने हुटहुटी जागेको छ । उनीहरूमा अभूतपूर्व उत्साह र जाँगरको सग्बगाहट छ । युवावर्गमा देखिएको जोस, जाँगर र भाषा–साहित्यप्रतिको मोहको कद्दर गर्दै, संस्थालाई नयाँ र बृहत् रूप दिनु वर्तमान समयको आवश्यकता हो, सर्जक र समाजको माग पनि हो भन्ने कुरालाई परिषदले गम्भीरताका साथ लिएको छ । युवावर्गमा केही गरौँ गर्ने भन्ने जुन आतुरता र सग्बाहट छ त्यो अब बन्ने परिषद (वा सहमतिका आधारमा बनिने संस्था)को नयाँ स्वरूप, संरचना र कार्यदिशाले सम्बोधन गरेर जाने छ भन्ने कुरामा हामी विश्वस्त छौँ । त्यसकारण युवा लेखक–सर्जकहरु यो ऐतिहासिक सम्मेलनको उपयोग गर्दै लखकीय धर्म, सामाजिक उत्तरदायित्व र साहित्यिक विकासको लागि योगदान दिन किञ्चित पनि पछि पर्ने छैनन् भन्ने कुरामा हामी आशावादी छौँ । लामो समयदेखि भूमिका खोजिरहेका केही युवाहरूले नयाँ साहित्यिक समूह नवोदित साहित्य परिषद भूटानको समेत घोषण गरेको हामीले जानकारी पाएका छौँ । हामीसँग भूटानी साहित्यको सन्दर्भमा निकै लामो समयदेखि काम गर्दै आएका केही संस्थाहरू छन्– भूटान गजल मञ्च, भूटान रुबाई मञ्य, जिबिएलओ आदि । जिबिएलओ गठन भएको तीन चार वषै भित्रै निकै उत्साहजनक काम गरेको छ । युवा वर्गमा साहित्यिक जागरण गर्न विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गर्नुको साथै कृतिहरुको प्रकाशनमा यसले विशेष पहल गरेको कुरा हामी देखेका छौँ । शिवलाल दाहालको सम्पानमा निस्किएको सम्झनाका खण्डित आकृतिहरु, विदुर कालेको बसाइँ सरेको देश, देन्जोम सामपाङद्वारा लिखित तथा सम्पादित स्वीकारोक्ति आदि कृतिहरु यसै संस्थाबाट प्रकाशित भएका छन् । त्यस्तै भूटान गजल मञ्च, भूटान रुबाई मञ्च जस्ता संस्थाले भूटानी युवाहरुमा गजल र रुबाई लेखनको वातावरण सिर्जन गर्न, युवावर्गमा भाषिक, साहित्यिक चेतनाको विजारोपन गर्न र सिर्जनामा लाग्नका लागि प्रेरित गर्न विशेष भूमिका खेलेको पाएका छौँ । हाम्रो विश्वका विभिन्न राष्ट्रमा पुनस्थापनासँगै विभिन्न ठाउँमा पुगेका युवाहरूले सङ्गीत, साहित्य र संस्कृतिको सम्रक्षण गर्ने हेतुले अनलाइन मार्पmत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् जस्तै भूटानी ढुकढुकी, रेडियो प्रवासी, भूटानी त्रिवेणी, रेडियो सिर्जना आदि । यी सबै प्रयत्नहरुले देखाएको मूलभूत कुरा के हो भने युवा वर्र्गमा देखिएको सचेतना र जागरुकता । भाषा, संस्कृति, सङ्गीत र सभ्यताप्रतिको मोह । यी प्रेरणदायी र प्रशंसनीय कार्य हुन् । नयाँ र धेरै संघसंस्था खोल्दै जानुले मात्रै हाम्रो साहित्यिक विकासको मापन गर्दैन, आपसी सद्भाव, सहकार्य र समर्पणबाट नै हामी प्रगतिको नयाँ उचाइतिर लम्कन सक्छौँ । भुटानी साहित्यको क्षेत्रमा कार्यरत विभिन्न सांस्कृतिक, साहित्यिक सघंसंस्थाहरु एक जुट भएर जान सक्ने हो भने त्यो अझ सशक्त र रचनात्मक हुन सक्छ । त्यस कारण वृहतर हितका लागि हामीे सम्मेलन मार्पmत नयाँ समीकरणमा जान यी सबै संघसंस्थासँग प्रस्ताव गर्दछौँ । भौतिक सम्मेलन मार्पmत जानका लागि निन्न कुराको प्रस्तावित छ :

१.परिषदको सन् १९९३ देखिको इतिहासलाई सुरक्षित राख्तै अन्य साहित्यि समूह, संस्थाहरुसँग सम्माजनक एकता गरी अन्तराष्ट्रिय स्तरको संस्थाका रूपमा विकास गर्ने ।
२. अमेरिकाको कुनै एक ठाउँमा भौतिक सम्मेलन गरी एक वर्षका लागि सर्वसम्मतिमा नयाँ नेतृत्व चयन गर्ने,
३. सम्मेलन मार्फत चयन भएको नेतृत्वले एकवर्ष भित्रमा संस्थालाई अमेरिकामा दर्ता गराउने,
४. संस्था अमेरिकामा दर्ता भएपछि निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गर्ने,
५. सम्मेलनसँगै सम्बद्ध सबै संस्थाको कार्यकारणी समिति विघटन हुने र नयाँ नेतृत्वद्वारा निर्देशीत हुने,
६.सम्मेलन गर्नका लागि सहमतिमा सम्मेलन मूल आयोजम समिति बनाउने

आज हामी विभिन्न भूगोलमा बाडिएका छौँ । खण्डखण्ड बाँचेका छौँ । हामीलाई हाम्रो पहिचान स्थापित गर्न र अस्तित्ववोध गर्न सायद भाषा, साहित्यले महत्वपूर्ण भमिका खेल्न सक्छ । हामी भविष्यमा एउटा सम्मृद्ध संस्था बनेको हेर्न चाहन्छौँ जहाँ सबै भूटानी लेखक, सर्जक र तमाम भाषा साहित्य प्रेमीहरु एउटै थलोमा उभिन सकुन्, जहाँ यो संस्थाको विगतको इतिहासको रक्षा हुन सकोस्, जहाँ भूटानी समाजको आकाङ्क्षा पूरा होस् र गरिमा कायम होस् । विभाजनका खाल्टाहरु बनाउनु भन्दा निर्माणको सेतु बनाउँनुले हामी सबैको हित हुन्छ भन्ने कुरा सबैले मनन गर्नु आवश्यक छ । हामी अहिले भूटानी साहित्यको क्षेत्रमा कार्यरत जिबिएलओ, नव गठित नवोदित भूटान साहित्य परिषद, भूटान गजल मञ्च, भूटान रुबाई मञ्च तथा अन्य सम्बद्ध व्यक्ति र संघसंस्थालाई एकताका लागि हार्दिक अपिल र आग्रह गर्दछौँ ।

आदरणीय मित्रहरू
यतिखेर हामी जुन मुलुकहरूमा पुनस्र्थापित भएका छौँ, त्यहाँ हामी जातीय, भाषिक तथा सांस्कृतिक रूपमा अप्पसंख्याक हुन पुगेका छौँ । हामीलाई हाम्रो भाषा र संस्कृतिको रक्षा गर्न र भावीपिडीलाई स्वभाषा, स्वसंस्कृति विहीन हुनबाट बचाउन निकै ठुलो चुनौतीको सामना गरिरहनु परेको छ । यो जातीय पहिचान र भाषा–संस्कृतिको रक्षा गर्न कसैको एकलो पहलले सम्भव छैन– यहाँ त सामूहिक पहल, सामूहिक संकल्प, सामूहिक प्रतिबद्धता र संस्थागत पहलको जुरुरत छ । इतिहासले हामीलाई जुन मोडमा पु¥यो त्यही मोडबाट हामी उठ्नुको विकल्प छैन । त्यसैले हामीले एउटा समृद्ध संस्था र सम्मेलनको कल्पना ग¥यौँ । काम हामी सबैको हो, आवश्यकता हामी सबैको हो । हामी इतिहास निर्माणको घडीमा छौँ त्यसकारणले तपार्इँ–हामी सबै नेपाली भाषा–साहित्य, नेपाली संस्कृति र सभ्यताको माया गर्नेले परिषदले आरम्भ गरेको यो इतिहास–निर्माण यात्रालाई आप्mना ठाउँबाट हुनसक्ने सबै किसिमका सहयोग गर्नका लागि हार्दिक अपिल गर्दछ । हामीले संस्थालाई भूटानीहरुको भाषा–साहित्य, संस्कृति र कलाको एउटा बलियो आधारस्तभका रूपमा विकास गर्ने परिकल्पना गरेका छौँ । यतिखेर विगतमा भएका कमीकम्जोरीहरु खोट्याउनुभन्दा पनि नयाँ सोच, चिन्तन र आवश्यकता अनुसारको रणनिति बनाएर जानु अपरिहार्य छ ।

सबैको राय, सुझाव लिएर सहमतिमा एक महिना भित्रमा एउटा समावेशी सम्मेलन मूल आयोजक समिति बनाइने छ । त्यसपछि उक्त समितिले नै सम्मेलन कहाँ गराउने, कसरी गराउने र कसरी संस्थालाई क्रियाशील बनाउने भन्ने सम्बन्धमा निर्णय लिने छ । सबै भाषा साहित्यप्रति चासो राख्नु हुने व्यक्ति र परिषदमा आबद्ध भएर वा एकीकरण गरेर जान चाहने संघसंस्थालाई यो अपिल प्रकाशन भएको एक महिनाभित्रमा आप्mनो स्पष्ट विचार र दृष्टिकोण राखिदिन अनुरोध छ ।

आदरणीय भाषा–साहित्य प्रेमीजन
आखिरीमा यो पनि निवेदन गर्न चाहन्छौ कि परिषदको पहिलो प्राथमिकता एकीकरण र सम्मेलन हो । कथङ्कदाचित एकीकरण गरेर जान नसेकमा, परिषद छुट्टै सम्मेलन र निर्वाचन मार्फत अघि बढ्ने छ । यदि त्यो पनि वातावरण सिर्जन हुन नसकेमा नेपाली भाषा परिषदको उत्तराधिकारीका रूपमा विकसित यो भूटान साहित्य परिषद सन् २०१४को अन्त्यसम्ममा स्वतः विघटन हुनेछ । भूटान साहित्य परिषद विघटन भएको अवस्थामा Bhutaneseliterature.com र रेडियो कचष्वबलब परिषदसँग अन्तर्गभित हुनु पूर्वको अवस्थामा फर्किने छन् । त्यसपछिको यात्रा यी दुुवै संस्थाले आँफै तयार गर्ने छन् । यदि त्यसो हुन गएमा विस्थापित भूटानीको निकै लामो इतिहास बोकेको संस्थाको अवसान हुने मात्रै होइन भाषा–साहित्यको विकासमा पनि धक्का लाग्न सक्छ । हामीलाई थाहा छ त्यसरी एउटा इतिहास बोकेको संस्थाको अवसान अहिलेको चुनौतिपूर्ण अवस्थामा सान्दार्भिक हुँदैन, सयम र समाज सापेक्ष पनि हुँदैन । समयले त्यो मोडमा पुर्यायो भने एउटा अप्रिय निर्णय गर्नु पर्ने क्षण पनि आउन सक्छ । तर त्यो अप्रिय क्षण हामीले भोग्नु पर्दैन भन्ने कुरामा हामी विश्वस्त छौँ । एकीकरण, सम्मेलन वा सम्मेलन र निर्वाचनबाट निकास खोज्न नसकिएमा वर्तमान कार्यसमितिले संस्थालाई निरन्तरता दिन सक्तैन । हाम्रो सन्दर्भमा सीमित व्यक्तिको प्रयात्नमा मात्रै ठुलो साहित्यिक संस्थाको सञ्चालन गर्न सक्ने सम्भावना देखिएको छैन । यसको मतलब के हो भने वर्तमान परिषदसँग तीनवटा स्पष्ट विकल्प छन्– अरू साहित्यिक संस्थासँग एककरण गरी सम्मेलन मार्फत बृहत् संस्थाको निर्माण गर्ने वा छुट्टै सम्मेलन र निर्वाचन मार्फत परिषदलाई नयाँ ढङ्गमा अघिबढाउने वा त्यसो पनि गर्न नसकिए विघटन गर्ने । हामीले विघटनको होइन निर्माणको बाटो रोजेका छौ, विकास र प्रगतिको पहल थालेको छौँ । त्यसकारण हामी सम्मेलन र एकीकरणका लागि बौद्धिक, रचनात्मक सहयोगको अपेक्षा गर्दछौ । यो कठिन परिस्थितिमा हामी सबै मिलेर अघि बढ्न सक्यौँ भने निश्चिय पनि एउटा सम्मृद्ध संस्थाको निर्माण गरेर सुन्दर भविष्यतर्पm लम्कन सक्छौँ नत्र हाम्रो भाषिक–साहित्यिक यात्रामा अवरोध उत्पन्न हुन सक्छ । हाम्रो पहिचान र अस्तित्व सङ्कटमा पर्न सक्छ । यसतर्पm सबै सचेत व्यक्ति, लेखक, सर्जक र बौद्धिक वर्गको ध्यान जानेछ भन्ने कुरामा हामी विश्वस्त छौँ । हामी एकीकरण र सम्मेलन वा सम्मेलन र निर्वाचन मार्पmत सचेतधर्मी, सिर्जनाशील र सही नेतृत्व प्रदान गर्न सक्ने व्यक्ति खोजौँ भन्दै विश्वभरि छरिएको भूटानी जनसमुदायमा हार्दिक अपिल र आग्रह गर्दछौँ । सम्मेलन गर्ने वातावरण सिर्जना गर्न र भूटानी साहित्यको विकासका लागि सबैबाट पहल हुने छ र वर्तमान समयमा देखिएको असहजता र अन्योलताको अन्त्य हुने छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

कार्यकारिणी समिति
साहित्य परिषद भूटान

 

One Reply to “साहित्य परिषद भूटानको जानकारी एवं आव्हान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *