हाम्रो के हो के हैन

पूर्ण गिरी
मेचिगन, अमेरिका

हाम्रो हाम्रो भन्छौँ सबै
हाम्रो धेरै केही छैन !
भाषा शैली आदि बाहेक
हाम्रो अरू केही छैन !!

हाम्रो भाषा हाम्रो शैली
हाम्रो कला हाम्रो हो !
हाम्रो रीति हाम्रो रिवाज।
हाम्रो कृति हाम्रो हो !!

हाम्रो महल हाम्रो गाडी
हाम्रो द्रव्य हाम्रो हैन !
आकाश छुनै पुगे पनि
त्यसमा कुनै अर्थ छैन !!

कुनै जाति धर्म राजनीति
हाम्रो मौलिक पहिचान् हैन !
भाषा कला आदि बाहेक।
अरू मौलिक पहिचान् हैन !!

हाम्रो कला हाम्रो कृति
हाम्रो असली आर्जन हो !
हाम्रो भाषा हाम्रो सृष्टि
हाम्रो मौलिक पहिचान् हो !!

भाषा कला संस्कार बिना
कुनै विकास सम्भव छैन !
अरू क्षेत्र जति उर्लियोस्।
पहिचान बिना काम् छैन !!

धन दौलतको के कुरा
हाम्रै शरीर हाम्रो हैन !
हाम्रो कर्म कृति बाहेक
सँगै जाने अरू छैन !!

के गर्नु धनको पहाड
धनले स्वर्ग लाने हैन !
धनी जति सबै स्वर्ग
गरिब नर्क जाने हैन !!

धन जोड्ने छोटो बाटो
कुनै पनि असल हैन !
कला कृति रोज्यौँ भने
धोका कहिल्यै हुने छैन !!

जुन् कुरा आफ्नो हैन
त्यसमा भुल्नु राम्रो हैन !
आफ्नो के हो नचिन्ने
ज्ञानी कुनै ज्ञानी हैन !

निज बोली लिपी बिना
धनी कुनै धनी हुन्न !
पहिचान् गुम्दा शान्त रहने
सभ्य कुनै सभ्य हुन्न !!

हाम्रो पहिचान् अमर रहे
हामी पनि अमर रहन्छौँ !
कला कृति विकास भए
हामी अझ अमर बन्छौँ !!

आफ्नो पहिचान् भुल्यौँ भने
हामी पोखरीमै विलय हन्छौं !
आफ्नो पहिचान् कायम रहे
सागरमा नि फुली रहन्छौँ !!

भाषा शैली कला रोपी
अब कृतिको फसल लगाऔँ !
तेरो मेरो पहिचान् छोडी
अब हाम्रो पहिचान् बनाऔँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *