हाम्रो देश भुटान
खगेन्द्र बिष्ट्ट
ओहायो, अमेरिका
हाम्रो देश छोडी आयौ सधैँलाई
भुटानको राजको दिल कति निष्टुरी खेदी छोडो हामीलाई
जात जातिको कुरा गरेर लडायो
हाम्रा दाजु भाइको बली चढायो
खेदी छोडो हामीलाई मार्छु भनेर
कति आमाको काख खालि गरेर
गोठमा गाई गोरु कराउन थाले
छोडी जाने थाहा पाएर डराउन थाले
बस्तुभाउ काटी खायो
मान्छे लखेटेर
उसकै पाटी पौवा साथी सबै समेटेर
कति राम्रो धानको बाला भुँतिर लुईदै थियो
डोजर लगाएर सबै मासी दियो
भुटान छोडी नेपाल आइयो कुकुरले नपाको दुःख पाइयो
दुनियाँको आँखाको कंसियार भइयो
डर त्रासमा बसी बिस वर्ष बिताइयो
यस्तै छ हो हामी भुटानीको कथा
छोडी आयौँ आफ्नो दुःख व्यथा