हारेको मान्छे 

सि एम निरौला 
पेन्सिल्भेनीय, अमेरिका

म त आफैभित्र हारेको मान्छे
अनि आफ्नैसँग हारेको
युद्ध हारेकाे सिपाहीझैँ
पखेटा काटेको पन्छीझैँ

न पटटट बोल्न सक्छु
न फटटट उड्न
हो म निरीह छु
म आफै भित्र अनपेक्षित हारेकोछु

म स्वतन्त्र  छु
तर आफैले रचेको जन्जीरमा छु
म सुसम्पन्न छु
तर
भित्रभित्रै भिखारीझैँ भिख माग्दैछु

मलाई स्वतन्त्र भएर पनि स्वतन्त्रता छैन
इष्टमित्र र आफन्त परसस्त हुँदाहुँदै पनि
एक्लोपनको महसुस गर्ने म
सधैँ भरिभराउ घर एक्लो महसुस गर्छु म

Leave a Reply

Your email address will not be published. Required fields are marked *