अटूट माया

कवि

ओम खोरिया खनाल
अमेरिका

धेरै दिनपछिको भेटमा पनि
किन हिस्स पर्छौ तिमी त
क्रोधित अनुहारमा झ्याप्प दारी छ
के तिमी प्रेम पुजारी बन्यौ कि,
वैरागी साधु ?
जीवन आ-आफ्नो मर्यादामा
शिष्टताभित्र बाँधिएको हुनुपर्छ,
जीवनलाई सधैं गतिशील बनाउन
कुनै एक संघर्षलाई अपनाउनै पर्छ
मेरा आफ्नै बाध्यता र विवशताले
मैले देखेर पनि नहेर्नु पर्ने थियो
अनि मैले सकभर कोशिश गरेकै हूँ,
तर, हृदयका पानाहरू बेजोड़ले भड़्किएपछि
चुपचाप रहनु मेरो नैतिकता हो
भन्ने मैले ठानेको छु ।
ममाथि विश्वास लाग्दैन तिमीलाई ??
मेरा हरेक नशाका प्वालहरूमा
रातो रगतका थोपाहरूमा
एक अनाम्य वस्तु छ,
त्यो मभित्र तिम्रो र तिमीभित्र मेरो
एउटा रक्त नदीको संगम बनेर
बगिरहेको छ अटूट पवनसरह
सधैंभरि रहने छ
मेरो जीवनपर्यन्त रहनेछ अटूट माया ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *