अतीत

कवि

कमल बजगाईं
एडिलेड, अष्ट्रेलिया

कतिलाई अतीत अतीत मात्र भइदिन्छ
कतिलाई सम्झनासाथ काँपछुट्छ
कतिलाई सपनामासमेतमा पिछा छोडेको हुँदैन
किनकि त्यहाँ अस्तित्व,पहिचान, स्वभिमान र सर्वस्व हुन्छ।

हास्नु र हास्न खोज्नुमा अन्तर छ
अन्तर मनको आभास मुहारले झल्काउँछ
हाँसोमा चित्कार हुन्छ
त्यसैले त मनको भावना पोख्छ
भनिन्छ नैराश्यताको हाँसो फिक्का हुन्छ
अहिले क्षितिज त्यस्तै देखिन्छ
त्यसैले होला रून्चे हाँसोको अवस्था छ।
कठै कसैले भनेन
वास्तविकता बुझ्न पनि खोजेन
यो स्वर्थी परिवेषमा
कसैले कसैको वस्ता पनि गरेन
काखबट गलह्त्यनु पर्दाको पीडा
च्वस्स मुटुमा रोपिँदा
सहने क्षमता सकिएर होला
कता कता नैराश्यता छाएकै छ
बा-आमाले आँसुमा पीडा टप्काएकै छ।
तर
तर के गर्ने
बरा सहनुशिवाय
अरु पहुँच बाहिर छ
सके त अतीत उल्टाउने
महान इच्छा र आकांक्षा छ
अनि बद्ला नभएर
भाइचाराको सन्देश दिनु छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *