अतीत

कवि

कमल बजगाई
अष्ट्रेलिया

कतिलाई अतीत अतीत मात्र भइदिन्छ
कतिलाई सम्झनासाथ काँप छुट्छ
कतिलाई सपनामासमेत पिछा छोडेको हुँदैन
किनकि त्यहाँ अस्तित्व, पहिचान, स्वभिमान र सर्बस्व हुन्छ ।

हाँस्नु र हाँस्नखोज्नुमा अन्तर छ
अन्तर मनको आभास मुहारले झल्काउँछ
हाँसोमा चित्कार हुन्छ
त्यसैले त मनको भावना पोख्छ
भनिन्छ नैराश्यताको हाँसो फिक्का हुन्छ
अहिले क्षितिज त्यस्तै देखिन्छ
त्यसैले होला रून्चे हाँसोको अवस्था छ ।
कठै कसैले भनेन
वास्तविकता बुझ्न पनि खोजेन
यो स्वर्थी परिवेशमा
कसैले कसैको वास्ता पनि गरेन
काखबट गल्हत्याउनु पर्दाको पीडा
च्वस्स मुटुमा रोपिँदा
सहने क्षमता सकिएर होला
कता कता नैराश्यता छाएकै छ
बा-आमाले आँसुमा पीडा टप्काएकै छ।
तर
तर के गर्ने
बरा सहनुशिवाय
अरु पहुँच बाहिर छ
सकेत अतीत उल्टाउने
महान इच्छा र आकांक्ष छ
अनि बद्ला नभएर
भाइचाराको सन्देश दिनु छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *