अतीत
![](https://i0.wp.com/bhutaneseliterature.com/wp-content/uploads/2018/07/Ichha-Paudel-150x150.jpg?resize=150%2C150)
इच्छा पौडेल
अस्ट्रेलिया
तिम्रो जस्तै मेरो पनि तितो मीठो अतीत थियो
साथी छुट्यो बाटामा अनि तिमीसँग भेट भयो ।
सत्य भन्छु तिम्रो मात्र हात होइन समाएको
पल हुन्थे भुल्नै गाह्रो दुवै सँगै रमाएको ।
मिल्ने भए नयाँ फेर्थेँ अतीतले मैलो भो मन
परेलीमा ती यादहरू अझै पिङ खेली रहन्छन् ।
आँखा खोल्दा आँखै भरि बन्द गर्दा निंद भरी
दिन रात अतीतले सताई रहन्छ यसै गरी ।