अनसन बसेको मेरो कलम
धेरै महिना अनसन बसेको मेरो कलम
आज राती सपनामा आँसु झार्दै रोयो।
ऊ रोइरहेथ्यो,
ऊ रुँदै केके भनिरहेथ्यो
मेरो सपनाको रिलले कोल्टे फेरेछ
म मेरी प्रिय निद्रा देवीलाई
बाहूपासमा पारी
चुम्न थालेँछु
उसको आर्तपुकार
उसको भावुकता मैँले बिर्सेँछु।
आँसुलाई मसी बनाएछ
मेरो तकियालाई सेतो पाना-
भालेको डाकसंगै उठेर टुकी जलाएँ
साँच्चै मेरो कलमले मेरो तकियामा
आफ्ना विलौना पोखेछ
आज अनसन बस्नु परेको भेद खोलेछ
मलाई उसको सारथी बनी दिन आग्रह गर्दै
यी हरफ कोरेछ-
“अनसन बसेँ म, बसिदिएँ
अब बस्ने पक्षमा छैन
हेर्नुथ्यो मैंले,
बुझ्नुथ्यो मैँले,
यस भूमण्डलमा तम्सिएका
गोली-बारुदहरुको चमत्कार
अनि तथाकथित
आधुनिक आविष्कारको करामत।
ज्यान मारी अर्काको
सर्वस्व लुटी अर्काको
शान्तिको स्थापना
बारुदका भरमा गर्नेहरु सबैको
तमासा मैँले
अनसन बसेरै हेरेँ।
काबुल, बग्दाद, अमेरिका हुँदै
गाजा, घोराही-दाङ , नयाँ दिल्ली
बंग्लादेश अनि उत्तरी श्रीलंकासम्म हेरेँ।
म अब आजित भएँ
कुनै पनि आजादीका नाममा होस् वा
शक्ति प्रदर्शनार्थ-
यस धर्तीमा निमुखाको
रातो रगत बगेको देख्दा
एकले अर्काको-
दाजुले भाइको
भाइले दाजुको
छोराले बाबुको
बाबुले छोराको
रातारात चोरी दाउमा
सोला-पासा थापी सिकार खेल्ने
संस्कार बसिसक्यो।
विधवा र टुहुराको संख्या मिलाउँदा
अर्कै द्वीपको माग भइसक्यो यहाँ
अनि त
मैँले आफ्नो अनसन त्याग्न बाध्य भएँ।
अब न शासक न त शासित
न बाबु न छोराका हातमा गोली बारुदको
न अग्नि और गौरीको
न न्युल्कियर या एटम बमको
स्थान छ यहाँ।
अब म उठेँ
मैँले आफ्नो अनसन त्यागेँ
मलाई तिमीले पुनः एक पटक
जर्ज बर्नाड शाका हातमा पु-याइ देऊ
अझै अर्को ‘आर्मस एन द म्यान’ लेख्नु छ।
आफैँ धर्तीले नचाहँदा नचाहँदै पनि
पियाइएको रातो रगतले
कैयौँ विधवा र टुहुराका निम्ति
ती घाउले भरिएका ह्रदयहरुमा मलम
ती पुछिएका सिउँदोहरुलाई सलाम
अनगिन्ति अवोध गर्भे टुहुराको नामाकरण गराउन
एउटा छुट्टै कर्मकाण्डको ग्रन्थ मैँले लेख्नु छ।
मलाई हाँक्ने सारथीको खाँचो छ
……त्यसैले मलाई
स्वतन्त्र रुपले बारुदकाविरुद्ध लड्न
साथ देऊ………।”
Good creativity. Great poem.
Lift your pen’s strike for keeps and lift a gun of letters to strike ‘them’.
I wish that the articles should have come in this site from all the refugees living in camps. I donot know for whom it gives more priority; for the settlers or camp residers? I wanna know more about this site and whom does it give more priority to. Should one need to be close with the site for publishing articles? This is me Ranjit Tamang from Bhutanese refugee camp, Morang, Nepal.
Ranjitji, this is a common platform and anybody can send articles irrespective of the place where one belongs to but the article should meet the criteria for publication.
Ramesh Gautam
(for Bhutaneseliterature.com)
Norway
UNBELIEVABLE