कवि
यतिराज अजनबी
एड्लेड , अस्ट्रलिया
विहान
केही चराहरू
शहर पस्छन जंगलबाट
केही गाउँतिर उड्छन्
म कहिले शहर त
कैले गाउँबाट
जंगल लाग्छु
साँझ पख
म फर्कन्छु बास माग्न
चराहरू आफ्नै घर फिर्छन |
अगस्ट ३१ २०१०, एड्लेड
You might also like
Tags: Yati Raj Ajnabee