अनुभूत अक्षरहरू

कवि

विशु निछा
अस्ट्रलिया

छातीभरि
मरुभूमि तिर्खा बोकेर हिँडेको यात्री हुँ म।

समयको अनपेक्षित प्रहारले
जिन्दगी मरनासन्न भएर ढल्दाढल्दै पनि
जिजीविषा कहाँ पहेलिँदो रहेछ र !

मध्यान्हको चर्को घाममा
क्याक्टस सियाँलमा सुस्ताएको म।
सपनामा सयपत्री र गुलाबहरु रहरलाग्दो फक्रिन्छु
आरु  र अर्किडहरु रङि्गचङ्गी फुलिदिन्छु
र,बाँड्छु हर्षोल्लाशित निर्बन्ध चराहरुसंग
म मेरो जीवनको गीतका मूर्च्छनाहरु

यहाँ तर
अभीप्साहरु क्षितिज भएको विपनामा
म ताक्साङ भीर कहालिएको आफ्नै मनलाई हेर्छु
हेर्छु र हेरिरहन विवश छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *