अबोध त्यसै कवि बन्दा रहेछन्

यज्ञ काश्यप
नर्थ डाकोटा, अमेरिका

अनायासै समयले कोल्टे फेरायसी,
अबोधको जिन्दगीमा आँधी ल्याएसी,
दैवको संरचनामा आँच आएसी,
अबोध त्यसै कवि बन्दारहेछन।

सांसारीक मायाका दासीहरू,
सपनाका पानामा नाच्दा रहेछन्,
पराइका पछ्यौरीमा नाच्नेहरूदेखि,
अबोध त्यसै कवि बन्दा रहेछन्।

कलिको युगमा हेरा फेरी गर्नेहरू,
स्वयम् सफलताको पगरी ओड्दारहेछन्,
सफलताको पगरी बुझ्नेहरू देखि,
अबोध त्यसै कवि बन्दा रहेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *