अमूल्य लाग्छ जीवन
शिव चम्लागाई “कालु”
अमूल्य लाग्छ जीवन, हिरा अनि तारा
तिम्रै माया संगालेर भुलि दिएँ सारा
निर्दोष छन् आँखा तिम्रा, मुटु अझै कोमल
बगिरहोस् तिम्रो भाव झर्ना झैँ कल्कल
प्रार्थना तिमीलाई मेरो, कैले दु:ख नपरोस्
सधैं भरि तिम्रो माया निश्चल बनिरहोस् ।