असल बानी 

जय हुमागाईँ 
क्यानाडा
झुट्टो बोल्नु हुन्न सधैँ साँचो बोल्नु पर्छ
टाढा टाढा बस्नु हुन्न सँगै बस्नु पर्छ
फूल सरि फक्रिएर मिठो बोल्नु पर्छ
घरमा कोही आए देखि खबर सोध्नु पर्छ
पानी बोतल बट्टाहरू ट्र्यासमा हाल्नु पर्छ
चकलेट खोली खाए पनि खोल बोक्नु पर्छ
हरियाली सफा सुगर सधैँ राख्नु पर्छ
वातावरण सम्रक्षर्णलाई तिम्रै खाँचो पर्छ
पानी बत्ती चलाए पछि बन्दा गर्नु पर्छ
ट्राफिक नियम जेब्रा क्रसिङ ध्यानमा राख्नु पर्छ
अध्ययन गरी नयाँ कुरा सिक्दै जानु पर्छ
मन भरि राष्ट्र प्रेमको भाव जाग्नु पर्छ।।
लागू औषध सेवन बाट टाढै बस्नु पर्छ
सानु ठुलो होइन काम उस्तै मान्नु पर्छ
वर्ण रूप स्त्री पुरुष सम्मान मान्नु पर्छ
देश विकाश हुने काममा सबै लाग्नु पर्छ
दुखी असहाय गरिबहरूको सेवा  गर्नु पर्छ
सेवा गरी प्रेम पूर्वक खुसी साट्नु पर्छ
आँखा छली कपट गरी धन जोड्नु हुन्न
अज्ञानताको कालो पटी नहटाई हुन्न॥

Don't have a Facebook account? Please, use the form below with other options!