असार पन्ध्र

राधा काफ्ले 
क्यानडा
असार मास
 रोपेको धान
मङ्सिरमा फल्दछ
सुनौला बाला
 लरक्क लर्की
टारी खेत बल्दछ ।
छुपुमा छुपूँ
यो पन्ध्र असार
बेठीका बाजामा
असारे गीत
 गाउँछन् रोपार
सुरिलो भाकामा
 हा हा र हो हो
 बाउसे,हली
छेउ,कुना सम्याउ
आउँदै छन् बाबा
मुठा बिउ फ्याँक्दै
मुस्काई रोपार छेउ
भाउजू र आमा
दोपहरे बोकी
आउँदै छन् हेर न
हली र बाउसे
हात गोडा धोई
लौ खान बसन
बाँध है खलो
देऊ आसिस भलो
बा-आमा बोलाई
मुठा बिउ ठुला
राखेर बिचमा
माछी काँड बनाई
रमाइलो पर्व
यो असार पन्ध्र
लौ हिलो खेलौन
रोपार, हली,
बाउसे मिली
असारे गाउन
फेरी रमाईलो गरौँ न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *