अस्तित्व मेटिएको मान्छे

अतीत भूटानी(भीम)
टेक्सास, अमेरिका

राजा देवता प्रकृति सबै लागेछन्
जन्मेछ मूली भनी सन्तानले त्यागेछ्न्
जीवन दिने मानिन्छन् ब्रह्म भान्से
बन्न पुग्यो अस्तित्व मेटिएको मान्छे

के दोश बिचरो छ त्यो बबुरो
बनेको छ आज निर्जन टुहुरो
भन्छन् सबजन त्यो अछुतो मान्छे
अवहेलित छ अस्तित्व मेटिएको मान्छे

मन्दिर मस्जित चर्च सबैतिर धाको
अवहेलनाबाहेक अरु क्यै नपाको
विद्वान भए पनि कसले मान्थे
पागल बनेकोछ अस्तित्व मेटिएको मान्छे

भोकैछ बिचरो पुकार्दै बचाऊ
चल्नै छोड्या छन् दुवै पाऊ
अमेरिका नभए अरु कसले गन्थे
म नै हूँ त्यो अस्तित्व मेटिएको मान्छे

Leave a Reply

Your email address will not be published. Required fields are marked *