आइ मिस् यु …!
लीला निशा
खुदुनाबारी, झापा
सम्झेर पनि मानसपटमा तिम्रो आकृति
धित मरुन्जेल राख्न भ्याउँदिन
बिर्सन पनि सक्दिनँ
मेरो गाउँ, मेरो देश
मैले तिमीलाई
धेरे धेरै अति नै धेरै
मिस् गरिरहेछु,
आइ मिस् यु …!
‘‘खाए खा, न खाए घिच
सके गर नसके झुन्डेर मर’’
भने जस्तो परिस्थितिमा
मैले तिमीलाई कसरी पो सम्झौँ र
घरिघरि आफैंलाई पनि थाहा हुन्न
म रोबट हुँ या मानिस
यति थाहा हुन्छ मुटुभित्र सम्वेदना हुँदा
मासिन हुँ जस्तो लाग्छ,
यदि सम्वेदना पनि नहुँदो हो त
ठ्याक्कै स्वचालित रोबोट म
यसरी हरेक पल मैलै तिमीलाई मिस् गरिरहेछु
आइ मिस् यु…!