आइदेऊ

भावना गिरी
क्यानाडा

मेरो  दिलको चाह  बुझेर  आइदेऊ
दिल  भिज्यो  तिम्रो   रे ? लौन  रुझेर  आइदेऊ I
गुनिऊ  चोलीमा पटुकी  बानेर  आइदेऊ
ए लाटी  चौबन्दीको तुना  चैँ  तानेर  आइदेऊ I
शृङ्गारको नाममा मुस्कान  पोतेर  आइदेऊ
बाको मन  बुझाई  हलो  चैँ  जोतेर  आइदेऊ I
अबेर  होला  फर्कन  राँको  तिमी  बोकेर  आइदेऊ
प्रेमको कुरा  गरौँ   हतारिने  मनलाई रोकेर  आइदेऊ I
चाहको कुरा   प्रिय दिलमा कोरेर  आइदेऊ
गुम्सिएको  भावनाको खुत्रुके  फोरेर  आइदेऊ I

Leave a Reply

Your email address will not be published. Required fields are marked *