आऊ फेरि तिमी

कवि

देवी पोखरेल
एडिलेड, अष्ट्रलिया

आऊ फेरि तिमी
रामायणका मधुर श्लोकहरु लिएर
गुन्जाऊ एक चोटि फेरि पहाड-पर्वत तिमी
आठै काण्ड प्रतिध्वनित गराएर
आऊ भानु फेरि तिमी।

बिउँझाऊ चपला र अवला फेरि तिमी
“कान्तिपुरी नगरी” का ती मिठा धुनहरुले
जगाऊ वधुहरु पु:न
“वधु शिक्षा” का कर्णप्रिय सारहरुले
आऊ भानु फेरि तिमी।

सिकाऊ जीवनका आधारहरु पटक-पटक तिमी
“प्रश्नोत्तर माला” का ज्ञानहरु पढाएर
बनाऊ ज्ञानी सबै तिमी जस्तै
“घाँसी” का कल्याणकारी कथा सुनाएर
आऊ भानु फेरि तिमी।

आऊ भानु फेरि तिमी
जाऊ “रामगीता” र “भक्तमाला” उपहार दिएर
बनि रहु अमर सुर्य तिमी यसै गरि
नेपाली भाषालाई गगन भरि चम्काएर।

आऊ भानु फेरी तिमी
रामायणका मधुर श्लोकहरु लिएर
गुन्जाऊ एक चोटि फेरी पहाड-पर्वत तिमी
आठै काण्ड प्रतिध्वनित गराएर
आऊ भानु फेरि तिमी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *