आग्रह

कवि
कवि

सुदर्शन पोखरेल
डेन्मार्क

एउटा हाम्रो बिचार शुद्ध बनाई जाउन
कोपिला छँदै उखेल्छौ किन फक्रन पाउन ।

रोपेको फल लगाइ मल जोगा’र नराखे
उन्नति कहाँ मिल्नेछ राम्रो भनेर त लाखे । ।

मिलेर जाऊ समय छँदै फुटेर के होला ?
टुट र फुट संकृति जस्तो बनाए के होला ?

चरित्र माथि प्रहार गर्ने आदत कस्तो हो?
बितेको छैन अझै नै केही आग्रह छ मेरो । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *