आमन्त्रण
खेमनाथ दाहाल
अहो ! कविजी पाल्नभएछ
म स्वतन्त्रताकी मूर्तिको भावना बुझ्न खोज्नु भएछ
धन्यवाद ! तपाईलाई
कमसेकम मेरा भावना लेख्न थाल्नुभएछ
तपा ईशान्तिका प्रतीक
नेपालका सन्तति
खैँ ! तपाईलाई के ढाँटौँ
सगरमाथालाई के गरी भेटौँ
भन्दिनुस् मेरा खबरहरु
मेरो हाल उस्तै बेहाल भएको छ
फरक
त्यहाँ आपसी द्वन्द्वले
सगरमाथा रक्ताम्य भएको छ
यहाँ मेरो आत्मा
आतङ्कवादको त्रासदीले
सधैँ विचलित रहेको छ
हे !
विगतमा हाम्रो समन्वय हुन सकेन
म स्वतन्त्रताकी मूर्ति विचलित भएँ
शान्तिका प्रतीक सगरमाथा निःसहाय भए
सायद आ–आफ्नो कर्तव्यबाट
हामी दूबै अनभिज्ञ रह्यौँ
आ–आफ्नो अस्तित्वपहिचानगर्न
हामी दुबै असमर्थ भयौँ
सम्भवतः त्यसैले होला
सगरमाथा समीप भएर पनि
सिक्किम र तिब्बतको स्वतन्त्रता बच्न सकेन
मैले निस्वार्थसँग
इराक, इजरायल र अफगान युद्धहरु रोक्न सकिनँ
बरु
विश्व परिवर्तनको लहरलाई बङ्गयाई
तेस्रो विश्वयुद्धको हौवा बनाउन छाडिनँ
अहिले मलाई सङ्कोच लाग्छ
सायद म बहकिएर हो कि?
विश्व सैनिकीकरण र आयुधहरुको
नचाहिँदो होडमा लागेर हो कि
सगरमाथा !
मैले धेरै ठाउँमा
एक्लै न्यायगर्न सकिनँ
मलाई स्वतन्त्रताकी मूर्ति भने पनि
एक्लै शान्तिर स्वतन्त्रताकी
अजेय प्रतीक बन्न सकिनँ ।
म स्वीकार गर्छु
तिमीसँग माफी माग्छु
अब मलाई आत्मज्ञान भएको छ
विगतका गल्तीहरुमा पछुतो लागेको छ
हिजो मैले आखाँचिम्ले पनि
वामियानमा चोइट्याइएको बुद्धको आत्मालाई
पुनःजीवित गर्नु परेको छ
मेरो अगाडि दन्केको
आतङ्कवादको मुस्लोलाई
पुनः नबल्ने गरी शमन गर्नु परेकोछ
तसर्थ म निसङ्कोच आह्वान गर्छु
सगरमाथा !
आऊ मलाई वरण गर
हामी एक आपसमा समाहित होऔं
एक आपसमा विलीन होऔं
किनकि
शान्ति र स्वतन्त्रताको समागमबाट
जन्मिएको अपराजेय सन्ततिबाट
शान्तमय तथा सुखमय युगको थालनी गर्नु परेको छ
तिम्रो र मेरो मिलनबाट
विश्वमा मडारिरहेको युद्ध र अशान्तिको कालो बादल
हामीले अवश्य हटाउनु परेको छ ।
(हावर्डको चौतारीमानामककविता सङ्ग्रहबाट )