आस्था किरण सजिन्छ

मधु घिमिरे
पेन्सिलभेनिया,अमेरिका

मनमन राखौं शुभशुभ भाव
हरपल बोलौ हितकर बात
दिन दिन खोजौं नवनव बाटो
पलपल सोचौं शुभकर माटो १

कलकल खोला झरझर झर्ना
मगमग बास्ना कुसुम बगान
रवि शशि तारा पवन सुनामी
प्रकृति छ लीला अनुपम दामी २

समय छ दाता समय विधाता
गरगर धामा सफल छ खाता
सकभर चॉंडो कदम चलाई
उठउठ सोच्दै प्रगति भलाइँ ३

मिलिकन बस्दा खुब हित हुन्छ
रिस झगडाले तलतल झार्छ
दिनदिन गाना दिनदिन भक्ति
प्रमुदित बन्दा गजब छ शक्ति ४

वचन छ मीठो सकल रमाए
शिखर सुनौला हरपल धाए
जतिजति आत्माबल अति हुन्छ
उतिउति आस्था किरण सजिन्छ ५

 

छन्द-कुसुमविचित्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *