उनी
खगेन गौतम्
क्यानाडा
त्यहाँ उनी र म मात्र थियौ!
छायाहरूले हामीलाई पछयाइरहेका थिए,
लाजले मुख छोपी उनी सर्माई रहँदा,
म उनीलाई जिस्क्याहिरहेको थिए,
अँधेरीको आगमन बढ्दै जाँदा,
छायाहरू विलीन हुँदै थिए ,
एक्लो पन सँगै बढेको उनको ढुकढुकीले,
मेरो सामिप्य खोजी रहेको थियो,
नयनभरि छरिएका तृष्णाहरु देखि नजिकिएको म,
मनभरि प्यास बोकी बोल्न सकिरहेको थिहिन !