उनी र म

कवि
कवि

टेक भण्डारी
एडिलेड, अष्ट्रेलिया

अहा त्यो रात जब म उनको साथ थिएँ
बास्नाहरु यौवनका ह्वारह्वार्ती पोखिएर
उनको कोमल बदनमा लठ्ठै परेका थिए
आतुर ओठहरु तँछाड र मछाड गर्दै
चुम्बनका गुच्छाहरु बर्साइरहेका थिए ।

सागर महासागरको गर्भमा विलिन भएझैँ
त्यो क्षण म त उनमै विलिन भएको थिएँ
मुना र मदनको कथालाई नै चुनौती दिँदै
उनकै कसिलो बाहुपाशमा बाँधिएको थिएँ
लाग्थ्यो रोमियो र जुलियटलाई नै हराउँदै थिएँ ।

हरेक नसा नसाका अदृष्य मार्गहरुमा
यौवनको मधुरस बनेर बगिरहेको थिए
अनि वक्षस्थलको मध्य केन्द्रमा रहेर
रोमान्सका प्रेम गजलहरु गाइरहेको थिएँ
लाग्थ्यो प्रेम युद्धमा तक्मा थाप्दै थिएँ ।
तर अफ्सोच………………

Leave a Reply

Your email address will not be published. Required fields are marked *