उपाहासको पात्र
इन्द्र प्रकाश खवास
नर्थ क्यारोलिना, अमेरिका
बाँचुन्जेल सबै भन्छन्
लैजाऊ पागल खाना,
मरे पछि दिन्छन् सम्मान
लोकाचार ना–ना ।
मूर्ती पुज्छन् पहिराई अविरमाला
अनेक बजाई बाँजा ,
अन्धकारले ढाक्यो सबै
भयो अन्धा राजा ।
बवुरोको केही छैन
थोत्रो दौरालाई,
हाट बजार हिडछ
हल्लाई–हल्लाई ।
लेखेको छु अतीतको गाँथा ,
पढि देऊन भाइ ,
बवुराको कुरा कसले सुन्ने
यहाँ छैन मानिस कोही ।
सबै भन्छन् पुस्तक– सुस्तक
लैजाऊ आफै दाइ,
मानिस पुगे रोमेन्टिकमा
कसलाई भन्नु के खै
पुस्तक बोकी हिड्दा हिड्दै
गल्यो हात खुट्टा
साथमा छैन पैसा पनि
माग्नु पर्यो जुठो ठुटा ।
जागिर जोज्न जाँदा भन्छन्
हाकिम सबै सरी–सरी,
नातेदारले जरो गाडयो
कार्यलय भरी ।
चाँहिन्न है योग्य मानिस
चाहिन्छ नाता प्रगाँठ,
रुपिया माथि रुपिया छ है
कसले पार्ला सारो ।
रङ्गमञ्चमा भुलिएका
चाँहिन्छ समाजलाई के पो,
भाषा भेष सस्कृतिलाई
पर्दाले नै छेक्यो ।
गाउँ भाइ हो पप् गीत
नाँच डिस्को डान्स,
कवि लेखक पत्रकार
सबै भए उपहास ।
छाडिदेऊ लोकाचार
मरे मालाअविर घस्ने,
जिउँदो छदा पछि लागी
भटे त छुरी धस्ने ।
योग्य मानिसलाई कदर गर
जोगाँउ भाषा र भेष,
सोच्ने गर है भाइ बहिनी
लोप होला आफ्नो देश ।
योग्या भयो उपहारहरुको
सक्कली पात्र,
नक्कली बेला भयो
आफ्नो भाषा अलपत्र ।