उल्टो युगको मानिस
जे एन दाहाल
पेन्सिल्भेनिया, अमेरिका
अँधेरी सुत्छ झिस्मिसे उठ्छ अँधेरी देख्दछ
नयनभित्र लागेछ जाली उभिण्डो लेख्दछ
भन्दछ दोषी लाउँदै यहाँ संसार कस्तो छ ?
त्यो लोभीपन, घमण्डी मन मानिस उस्तो छ ।
उल्टो ऊ खेद्छ बात नै पिच्छे किन हो त्यसरी
बोतल भित्र जीवन देख्छ पिएर बेस्सरी
शिक्षित मान्छे बनेन अझै खै कैले बन्दछ ?
भएर दृष्टि उ आफैँ अझै देख तैन अन्धो छ।
ओरालो हिँड्छ उकालो चढ्न सिकेन कहिले
भिरको ढुङ्गो झर्दछ मुनि पल्टदै जहिले
निन्द्रामा बित्छ आधा यो जीवन समाती सिरानी
सम्झन्छु कैले झस्केर उठ्छ मानिस बिहानी।।
न सिकाउनु परोस गल्ती आफैँ ऊ जान्द छ
लामो त्यो हात पार्नु र धुत्नु तै ठुलो मान्द छ
के भन्नु भावी जीवन यस्को देखिन्छ कस्तो छ
त्यो लोभी पन , घमण्डी मन मानिस उस्तो छ।
One Reply to “उल्टो युगको मानिस”