उसको कथा भने जीवीतै छ
डिल्लीराम शर्मा आचार्य
क्रागेरो, नर्वे
मरिसकेको वृक्षलाई पानी छिटेर जगाउने साहस कसैले गर्छ भने
त्यो आश्चर्य होइन,
आश्चर्य ता अरु नै बस्तु छन् संसारमा
केवल त्यो ता मूर्खतामात्र हुनजान्छ ।
शरीर मरिसक्यो केवल प्राण जान बाँकी छ
कसैले भन्छ भने,
त्यो पनि मूर्खतामात्रै हो,
सँगैका साथीहरु यो संसारमा नरहे पनि,
उनीहरुको कथा भने जीवीतै छ ।
‘माथि किन समाउने, तलको आशले’
भनेझैं आशा सबैलाई होला,
तर यो असम्भव !
आजको दुनियाँमा हुन सक्तैन,
स्वतन्त्र पंक्षीहरु नीलो गगनमा प्वाँख फिँजाएर
उडिरहे झैं
बल र बुता हुनेहरु उडिरहेका छन् ।
त्यसैले साथीलाई भुंग्रोमा धोक्रेठ्याक लगाएर भएपनि
कार चड्नेहरुको सम्झना बेलाबेला आउँछ,
गरीब ठगेर अमेरिका पुगेका महोदय कविजी के सोचिरहेका होलान् ?
भन्ने प्रश्न पनि म गर्न चाहन्न,
महान् जनयुद्धका योद्धा भन्नेहरुले साथीको रगतमाथि टेकेको
आलो छाप अझै पाइतालामा ? भन्न पनि हिच्किचाउनै पर्ने,
शुद्ध साहित्य रचना गर्ने अथवा विशुद्ध साहित्य रचना गर्ने
कसका अगाडि भन्ने पनि ……..
ज्योतिषीले ग्रहदशा र झाँक्रीले बोक्सी देखेझैं……….!
यो कुरा कसलाई भन्नु भा‘ हो कुन्नि ? यस्तो छड्केले राम्रो गर्ला के साहित्यकारहरूको वृत्तमा ?