उसको हत्या
यतिराज अजनबी
एड्लेड अस्ट्रलिया
उ रहेको भए
मन्दिर र मस्जिद रहन्थ्यो
गुम्बा र गिर्जाघर हुन्थ्यो
हिमाल जल्ने थिएन
पहाड ढल्ने थिएन
मैदान गल्ने थिएन
बालुवामा पालुवा हुन्थ्यो
कालो कुरुक्षेत्र
उज्यालो नक्षेत्र हुन्थ्यो
उ कस्तो थियो
उसलाई कसैले देखेन
उसका माता पिताले पनि देखेनन्
न देखे उसका अभिभावकले
उसको हत्याराले नै
न पायो देख्न
उसलाई देख्ने
केवल एउटा साथी थियो
जो उसको मृत्युसँगै मर्यो
उसको हत्याले
हाहाकार मच्चियो
खैलाबैला भयो
मान्छेको जुनी
माटाकै घैला भयो
सेतो कमिज मैला भयो
भए कति योद्धाहरू
भए कति बुद्धहरू क्रुद्धहरू
मसिना झगडा कति
बने ठूला मुद्धाहरू
बने कति ज्ञानीहरू छुद्रहरू
एक पक्षले भन्यो:
“उस्को हत्याराको
खोजी हुनुपर्छ
पक्राउ हुनुपर्छ
सजाय हुनुपर्छ”
अर्को पक्ष झोकियो:
“कसैले देख्दैनदेखेकाको
मृत्यु कसरी हुन्छ ?
हत्या कसरी हुन्छ ?
त्यस्तो हत्या गर्ने
हतियार कस्तो हुन्छ ?
हत्यारा कस्तो हुन्छ ?”
दोस्रो पक्षले उत्तर
आफूसँगै लुकाएर
प्रश्न गरेको थियो
पहिलो पक्षलाई
यो असह्य भयो
र द्वन्द चल्यो
चलिरह्यो
चलिरहेछ आज पनि
मर्न जन्मिरहनु पर्दोरहेनछ
जन्म अगाडि पनि
मृत्यु हुदोरहेछ
र त्यस्तो मृत्यु
रहस्यमय बन्दोरहेछ
हो वास्तवमा उसलाई
कसैले पनि देखेको थिएन
उस्को जन्म नै
भएको थिएन
उस्को भ्रुणहत्या
गरिएको थियो
२५ डिसम्बर २००९ , एड्लेड
सुन्दर लग्यो राज जी तपाईको कविता | यसरीनै अगी बढ्दै जहोस तपाईको कलम |अरु यस्तै यस्तै रोचक रचना भोलिका दिनमा पदन पाउने आसामा |
सुन्दर लग्यो राज जी तपाईको कविता | यसरीनै अगी बढ्दै जहोस तपाईको कलम |अरु यस्तै यस्तै रोचक रचना भोलिका दिनमा पदन पाउने आसामा |