ऊ आयो
शिवलाल दाहाल
केन्टकी, अमेरिका
ऊ आयो यसरी
खास कसैलाई थाहा भएन
सुस्तरी पात हल्लाउँदै
हाँगाहरूमा मन्द हावा जस्तो
पातहरूमा एउटा मिठो स्पर्श छर्दै
उसलाई थाहा थियो
मन्द मुस्कानको अर्थ
र त उसले हेर्यो
पर क्षितिजको एकलास किनारमा
जहाँ जून उदाएको छ साँझपख
हुन सक्छ पूर्णिमाको दिन नजिकिँदै छ
ऊ आयो यसरी
खास कसैलाई थाहा भएन
उसलाई थाहा छ
आँधिहुरीको उपथ्रो
त्यसैले यस पटक उसले सुस्तरी हिँड्ने बिचार गर्यो
हो त ठुलो वेगले हाँगा पनि भाँचिन सक्छ
चराहरूको घर पनि भत्किन सक्छ
उसलाई त्यसो गर्ने रहर छैन
मात्र उसलाई लोभ छ पातहरूको सौन्दर्यको
मात्र उसलाई लोभ छ ताराहरूको उज्यालोको
ऊ आयो यसरी
खास कसैलाई थाहा भएन
खडेरीपछिको एक झर पानी जस्तो
हुन सक्छ असङ्ख्य उत्बीजहरु उम्रिन बाँकी छ
यो धर्तीको काखमा
र त ऊ आयो
घोडाको टाप नबजाई कनै ……………….
Beautiful piece.