ऊ बन्छ देशभक्त

कवि
कवि

अर्जुन प्रधान
मिनिसोटा, अमेरिका

जसले देश चिन्छ, ऊ बन्छ देशभक्त
अमर ती सहिदको सम्मान उसले बुझ्छ
आवाजमा आवाज मिलाइ अधिकार सुनाइ
एक प्रजातन्त्र प्रेमी, ऊ बन्छ देशभक्त ।

एक देश, एक भाषा, एक प्रजा बनाउनेले
देशवासी जनताको हक अधिकार किन लुट्नु
अन्धकार बस्तीभित्र प्रकाशको सितारा दिलाउने
एक प्रजातन्त्र प्रेमी, ऊ बन्छ देशभक्त ।।।।

यातना, कष्टकर हुन्छ सबको हुन्छ सिमाना
काट टुक्रा-टुक्रा पारी, हुनछिन् देश सुनकोशपारी
एक भाषी मारे, उठ्छौ सयौ कला साहित्य प्रेमी
एक प्रजातन्त्र प्रेमी, ऊ बन्छ देशभक्त ।।

माटो सवाश बुझ्दछ, जसले मोलजोत गर्छ
बाटो थाहा हुन्छ, जसले गन्तब्य थाहा पाउँछ
मेरो देश भन्छ, जसले राष्ट्र र राष्ट्रियतालाई बुझ्छ
एक प्रजातन्त्र प्रेमी, ऊ बन्छ देशभक्त ।।।

चार किल्ला, चार सुरमा बुलन्द आवाज हाम्रो
सहिदको कथा बुझ्ने हुन्छ स्वभिमानी राम्रो
देशमा अब कहिल्यै हुन रक्त पसिनाको भेल
प्रजातन्त्र विरुद्ध खेल्नेमाथि खेल्छन् रंगिन खेल
एक प्रजातन्त्र प्रेमी, ऊ बन्छ देशभक्त ।।

स्वतन्त्रता अधिकारमाथि रोक लाउनेहरु
प्रजाको पछि पछि हुन्छन् हर्षउल्लाशमा
जतिखेर देशभक्तले चुनौतीको सामना गर्छन्
त्यतिखेर देश प्रजातन्त्रको रंगिन दुनियामा हुन्छ
एक प्रजातन्त्र प्रेमी, ऊ बन्छ देशभक्त ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *