एउटा अचम्मको अन्तरबार्ता

कथाकार

सी एम निरौला
न्यू ह्याम्पशायर, अमेरिका

सायद त्यो नै मेरो जीवनको अन्तिम अन्तरवार्ता हुन्थ्यो होला। अन्तरवार्ताको क्रममा उनले जे बोले, त्यो न प्रसारण भयो न कहिल्यै हुनेछ। मेरो त प्राविधिक पनि गैर नेपाली जो नेपाली बुझ्दैनन् उनले के बुझ्नु हाम्रो सम्वाद। रेकर्डिङ भएर कहिल्यै प्रसारण नहुने त्यो अन्तरवार्ता निकै रोचकिलो थियो।

बोल्नेले बोले, रेकर्डिङ पनि भयो, त्यस पछि प्रसारण नगर्न दबाब आउन थाल्यो। पहिला नरम शब्दमा मलाई दबाब आए, त्यो अन्तरवार्ता प्रसारण नगर्न तर मैले प्रसारण गर्ने बताउँदै धम्की देखि नडराउने बताएपछि निकै चाम्रा शब्दहरू आए, के गर्नु कम्प्रमाइज गर्नै पर्ने। नयाँ नम्बरबाट मेरा आफन्तको नाम र ठेगाना आउन थाले,मानिलिऊँ हाम्रो जन्मकुन्डलि कसैले तयार पार्दै छ। मेरो सानो कारणले क्षति बेहोर्न चाहिनँ ।

त्यो रात सुत्न सकिनँ, ५ पटक बिउँझे रातभरमा, बाथरुम गयो पिसाब नै नआउने। छटपटीकै कारण सुत्न सकिनँ। एकै रातमा ५ पटक पिसाब फेर्न उठेको त्यो नै पहिलो घटना होला मेरो। तनाव के रहेछ बुझ्ने मौका पाएँ ।
छेक्न र रोक्न खोज्ने त कति हुँदा रहेछन् कति ! आफूलाई राजा महाराजा ठान्ने देखि वरिष्ठ ठान्नेहरू पनि कम्प्रोमाइजका कुरा गर्दै आउने। यिनलाई एकदिनका लागि मात्र पनि राजा बनाइदिने हो भने के गर्थे होला? आफू बिना समाज एक सेकेन्ड पनि चल्न नसक्ने भन्ने र आफ्नै वरिष्ठ सामाजिक अभियान्ता ठान्नेहरू पनि कस्ता हुँदा रहेछन् मज्जाले चिन्ने मौका पाएँ। परिआउँदा सबै बेकामे-अपरिचित झैँ!

यो कस्तो कल्चर, अन्तरवार्ता क्रममा केही गम्बिर र समय सान्दारभिक प्रश्न गर्दा उनीहरू विरोधी हुने वा केही नरम प्रश्न भयो भने चाकडीको आरोप लाग्ने। कति पटक त मलाई कालो सूचीमा राखेका छौ भन्ने पनि अभिव्यक्ति नआएका होइनन्। आफ्नो इमान नभुली सही काम गरिनै रहेको छु, चाहे कालो सूचिमा परौँ को रातो!
एउटा प्रश्न जुन कसैलाई अमृत हुन्छ त कसैलाई महाबिख, अब मैले कसको चाकडी गरे वा कसलाई थप्पड भयो मैले आज पनि बुझेको छैन।

एक जना आली (नाम परिवर्तित ) नाम गरेकाले त टि भी बाट त के उनले चाहे भने म्यानचेस्टरबाटै बास उठाइदिनेसम्म भन्न भ्याए। एकछिन मुसुक्क हाँसे, पछि माया लाग्यो, केही बोलिनँ । उनलाई डरायो भन्ने लागेछ पुन धम्क्याउन थाले।
“हेर केटा, हामी को हो चिनेको छैनस् होला!”
मैले मुसुक्क हाँसेर भनिदिएँ- “तपाई स्याल हो, म बाघ। बाघलाई जिस्क्याउदा के हुन्छ थाहा छ?” प्रश्न तेर्स्याएँ।
“स्याललाई दशा लाग्यो भने सहर पस्छ भन्थे तपाईको पनि त्यही स्थिति बुझेँ,” -भन्दिएको बिचराको भाले सातो उडेछ। कुलेलम ठोके। आज पनि कहीँ कतै भेट भयो भने स्यालले पुच्छर लुकाएझैँ मुख लुकाएर भाग्छन्।
मैले सोधेका प्रश्न मध्ये- “यसरी समाजलाई खुलेआम बलात्कार गर्ने अधिकार तपाइलाई कसले दियो? यस धटनामा तपाईँ दोषी छैन भन्ने आधार के के छन्? मेरा दर्शकलाई १,२,३ भनेर बताइदिनुहोस्। तपाइलाई अलिकति पनि आत्मग्लानि भएको छ भने कानुन समक्ष आत्मसमर्पण गर्नु हुन्छ त?” भन्ने नै थिएँ। सायद उनलाई यिनै प्रश्न दाँतमा ढुङ्गो बनेर अड्क्यो होला। उनलाई मैले यी प्रश्न नगर्नु भनेको पत्रकारीको नाममा कसैको चाकडी गर्नु हो जस्तो मलाई आज पनि लग्छ, बरु पेसाबाट हात धुन्छु चाकडी पत्रकारिता चैँ पक्कै पनि गर्दिनँ।

भोलिपल्ट मेरो नजिकको साथीले एकान्तमा लगेर अन्तरवार्ता प्रसारण नगर्न सम्झायो, उसलाई पनि झस्काएका रहेछन्। मैले जसको अन्तरवार्ता लिएको थिएँ, उसलाई भेट्ने इच्छा प्रकट गरे र भेट पनि भयो। उनले त्यो अन्तरवार्ता प्रसारण नगर्न बिन्ती गरे, निकै भद्र स्वभावमा !
आफूलाई आएको धम्की बारे उनीसँग गुनासो पोखे, सरल भएर माफी मागे उनले, म बोलिनँ। उनको अनुरोधमा धम्की थिएन, बरु उनलाई क्षति पुग्ने सम्भावना दर्साउँदै थिए। थोरै चिन्तित त थिएन, आत्मग्लानि गरेको पनि महसुस गर्न सकिन्थ्यो ।
उनको साथीले नम्र स्वरमा, ”अर्को अन्तरवार्ता लिन सकिन्छ सर?” भनेर प्रश्न गरे। मैले सोझै इन्कार गरिहालेँ । बज्छ त यही बज्छ नत्र म चैँ अर्को लिन्न भनेर मेरो स्पष्ट धारणा राखेँ ।

ममा थोरै त्रास बढ्दै थियो तर लुकाइरहेको थिएँ।
“अब म जानु पर्ला किनकि मैले तपाईहरुसगको भेटबारे मेरा साथीहरूलाई सुनाएको थिएँ, मेरो प्रतीक्षामा छन्,” भनेर बिदा मागेँ । दुवै जना जुरजक्क उठ्यौँ,मलाई अङ्गालोमा हालेर उनले भने,
“तपाईँलाई अन्तरवार्ता दिने मन छ, त्यसको लागि के गरौँ म? मलाई अनुरोध गर्न र …… तपाइलाई थाहा छ, म अरू १० दिन पर्खन्छु।” निकै धम्कीपूर्ण भाषामा मलाई तर्साए। म नबोली बाहिरिएँ। अरू पनि चुप नै रहे। सायद अहिले त्यसको प्रसङ्ग निकाल्ने हो भने उनीहरूकै ठुला कुरा हुन्छन् होला।

मेरो काममा एउटा मेल आएछ, खोलेर हेरेँ, सुन्दर उपहार पठाएका रहेछन्, मनमा निकै कुरा खेलेकै हुन, उनलाई धन्यवाद भन्ने कि नभन्ने निकै तनावमा परेँ । सँगै काम गर्ने हितैसी मित्रलाई बेलिबिस्तार बताएँ, उनले उपहार पाएकोमा खुसी भएको सन्देश दिन सम्झाए त्यसै गरेँ पनि! उनले मलाई चिन्तित नहुन सल्लाह दिएपछि म ढुक्क भएँ।

केहीदिन पछि ती ब्याक्तिले पुन फोन गरे, मैले बेवास्ता गरिदिएँ। साथी इभेन्टले आयोजना गरेको डी जे नाइटमा भेट भयो, उनले आफू अन्तरवार्ताको लागि तयार रहेको बताए, मैले पुन इन्कार गरिदिएँ, पैसाको प्रलोभनमा पार्न खोजे मलाई! एक पटक त पैसा आउँछ भने भन्ने सोच पनि आयो तर पैसामा इमान नबेच भनेर मनले सम्झाई रह्यो, त्यही मनको सल्लाहलाई मुखले कार्यन्वयन गराएँ। यो मनले पनि कस्तो पैसामा पनि राल काढेन!

अरू मिडियामा जान सुझाव दिएँ तर मैसँग दिने रे त्यसमा पनि उनले संशोधन गरेका प्रश्न मात्र। मैले भनिदिएँ, यही कुरा लिएर फेसबुकमा लाइभ आए भने म चैँ होइन सरकारले तपाईँको चैँ थुतुनो निमोठि देला, सायद तपाईँ गलत ब्याक्तिसग सिगारिदै हुनुहुन्छ, मेरो मुस्कुराइरहेको अनुहार मात्र होइन, मेरो कठोरपन पनि सम्भनुहोला। यसरी थर्काउन आफूलाई पनि आउँछ भनेर चड्किदिएँ। पुन तर्साउन खोजे, कानुनी उपचार गर्ने बताए। मैले शिवजीको शान्त रुपसगै तान्डब नाचको प्रसङ्ग उनलाई बताएँ। उनी निकै रातो भइसकेका थिए।

ठ्रयाक्कै गुरु दाइ, रुद्र, राम भाइ, कमल र दुर्गा दाइ आए र मलाई नाच्न भिड तिर ताने। त्यस पछि न उनको र मेरो भेट भएको छ, न उनले मलाई खोजेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *