एउटा नजिर

दिल भूटानी
बेलडाँगी, झापा

हाम्रो प्रत्येक आन्दोलनको नजिर
एउटै छ
खाली पराजयको
झिल्को नबल्दै
देश छोडेर भागेको
अनि लाखापाखा लागेको ।

चाहे जय गोर्खा र सत्याग्रह पछि होस्
या नब्बेको विद्रोह पछि
पटक पटक भागे कै हौँ
पटक पटक शासकबाट खेदिए कै हौँ
पटक पटक बलिदान पनि गरेका छौँ
तर बलिदान
हरेक पटक खेर गएको छ ।

प्रत्येक आन्दोलन
सत्याग्रह देखि पछिल्लो आन्दोलनसम्म
सप्पै आन्दोलनले गद्दार जन्माएका छन् ।

त्यसैले यहाँ सधैँ
शासकले जित्ने
जनता हार्ने
नजिर भएको छ ।

यसलाई अब उल्टाऊँ
र बसाऊँ जीतको नजिर
अनि बल्ल भत्किन्छ शरणार्थी बनिरहने
यो दुनियाँको एउटा नजिर !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *