एकान्त र सपनाहरु

रमेश गौतम 
नर्वे 

एउटा शून्य कोठाभित्र
मेरा बिम्बचित्रहरु
नाचिरहेथे-
अस्तित्वको परिमार्जित/परिभाषित
रेखाङ्कित गोलार्धभित्र
बिम्बचित्रहरु
निरीह टल्कन्थे
विदीर्ण रुन्थे पनि
बिम्बचित्रहरु
एक्ला थिए
नितान्त एक्ला
शून्य/निर्जर/नीरव वातावरणमा!

म दूर क्षितिजमा कतै बसेर
नियालिरहेको थिएँ/नियाल्नु कर्तव्य!
बिम्बचित्रहरु
कहिल्यै निस्कन सक्तैनथे
अस्तित्वको रेखाङ्कन तोडेर।

तर
मलाई रत्तीभर क्षोभ छैन-
बिम्बचित्रहरु
नितान्त एक्ला भएर पनि
नीरवताभित्र कैद भएर पनि
अरुसरह मुस्कुराउँथे
यो ‘मुस्कुराउनु ‘ भित्र
मैँले अभाव महसुस गरिनँ।

३०/०८/२००२
हात्तीसार, धरान

4 Replies to “एकान्त र सपनाहरु”

  1. Sancha Man Khaling

    ”बिम्बचित्रहरु
    कहिल्यै निस्कन सक्तैनथे
    अस्तित्वको रेखाङ्कन तोडेर।“

    There are something at some situations which we cannot deny; we are compelled to accept it though it hurts you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *