ए राता मान्छे

पुरानाघरे


ए राता मान्छे कान खोली सुन देशको कथा छ
यो मनभरी उम्लेर आको नमिठो व्यथा छ
बारीमा पहिरो गएको सारा सोधन खबर
देशको सम्चार सोधेर सारै नपार अबर ।।


डुल्दछ मृत्यु यहा“ देश भरि जीवन डर्दछ
बौलायौं शासक मर्नलाई तयार हुनु नै पर्दछ
रूखमा हेर्दा कोपिलो दुःख्छ फुल्नलाई गाह्रो छ
देशको खबर बताउन अहिले अत्यन्तै सारो छ ।।

शासकहरू समाउथे कानून भा“डभैलो हाल्दथे
त्यहिबाट पूर्खा कल्पेर नया“ जीवन थाल्दथे
पूर्खाले अघि स्वदेशलाई सच्चा स्वर्ग झैं मान्दथे
मिलेर बस्न आपसबिचमा ती देउता जानदथे ।।


बारीमा पहिरो गएको सारा सोधन खबर
देशको सम्चार सोधेर सारै नपार अबर
सम्झेर हेरौं कहि ठाउ“ हुन्न कल्पना डुलाउन
पूर्वमा बिहान एकनास छैन सपना डुलाउन ।।


चुनाव हुन्छ शासकले अर्को भाडभैलो हाल्दछ
देशमा रजाई गर्नुछ मैले चेतना पाल्दछ
तिमीलाई लाग्ला यो देश रहे चल्नेछ जीवन
मृत्युले चित्ता उठ्दैछ देश तिमीले जे भन ।।

भरेको तोप ताकेर छोडौं तब पो डर्दछ
जुटाई शक्ति फुटाई शत्रु ढाल्नु पो पर्दछ
मागेको दर्शन जुटेका बन्दुक त्यतिकै नफालौं
हे राता मान्छे † देशको शती मर्ममा नहालौं ।।

कमायो धन जमायो घर त्यो खेर जानेछ
पुग्ने छ दिन आएर काल घिसारी लानेछ
हे राता मान्छे मुक्तिका लागि अगाडि बढौंन
अधिकार थुत्न शासकबाट घोर युद्ध लडौंन ।।

अन्यायमाथि अत्याचार थपी शासन चाल्दछ
खेदायौ आधार मासेर सैयौं कुनीति थाल्दछ
अघिकार खोज्ने जनताजति ढाल्नु नि मान्दछ
बहाना रची संसारको आ“खो टाल्न ऊ जान्दछ ।।

रोकिन्छ  बोलि चल्दछ गोलि जनता ढाल्दछ
देशको छाति चिरेर भाई भक्कानो पार्दछ
जेलमा मानिस कुहुन्छ भने कस्तो हो लौ भन
हुल आउ“छ पुलिस् सकिन्छ घरै कस्तो हो लौ भन ??
१०
शिसाको घरमा बसेर आफू ढुंगाले हान्दैछ
जनताको बोली आखिर किन भुसुनो ठान्दैछ ?
बसेर बा“च्न नसक्ने गरी लगायो कानून
हे राता मान्छे तोडेर बन्धन अगाडि जानुन ।।
११
अघिका शक्ति फुटेर सारा पतन भए बुझेनौ
सिकेर पाठ अतीतबाट सही बाटो कुदेनौ
विकल्प सुन विराट सुन फुट्दैछौ किन हो ?
फोडेर शक्ति ठूल्ठूला डंका चुट्तैछौ किन हो ? ।।
१२
युगको माग बुझेर मिली लक्षमा हिडेनौ
कुन हो शत्रु कुन हो मित्रु चिन्दा नि चिनेनौ
जनताको कसम भुलेर चल्दा इतिहासले लल्कार्ला
वर्गको हित पीडितको मत मुक्तिले धिकार्ला ।।
१३
सिकेर पाठ विगतबाट अगाडि बडौंन
ढल्नेछ शत्रु जुन नीति लि“दा त्यहिमात्र पढौंन
ए राता मान्छ्े एक ढिक्को यात्रा सन्देश खोलांैन
मिलाई सुजबुज अन्तिम लडा“ई लौ चा“डै बोलांैन ।।
१४
जुटांैन दिदी जुटौंन बहिनी जुटौन दाजुभाइ
स्वतन्त्र हुन जुटांैन चा“डो आह्वान सबैलाई
जलढोका सुन धन्सिरी सुन सुनन साराले
जनताले मुक्ति लिनेछन् खोसी विछट्टै पाराले ।।
१५
प्रलयाग्नि संघारबाट माटोले बोल्दैछ
नगरे चा“डो पछुतो ह“ुने रहस्य खोल्दैछ
कलम बोक्ने चेतना छर्न जुटन लौ जाग
संकल्प लिई ए राता मान्छे अगाडि लौ लाग ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *