ओए सुन्न
दिपक थापा
भर्जिनिया, अमेरिका
म झस्किँदै बोले “के भयो ?”
“शान्तिलाई चिन्छस् ?” उसले अनुहारको रङ्ग बदल्दै बोल्यो
“कुन शान्ति मेरी कि अरूकै?” मेरो ठट्टामा कृत्रिम मुस्कान ओठभरि बटुल्दै मुख खोल्यो उसले
“हया कसैकी नभएकी उसैकी मात्र शान्ति ; मुला बोरु मनको लड्नु घिउसँग चोबेर कतिन्जेल एक्लै खान्छस् कुन्नि ?”
म अकमकिदै बहाना खोज्दै गर्दा फेरि थप्यो उसले
“आफ्नी सपनाकी रानीलाई भाउजू भन्न बानी बसालेस् है त ?”
मनको धारिलो हतियार उसलाई काटमारमा अघि सर्यो पापी मन थाम्ने प्रयासमा कुरा मोडे
“खुबै विवाहको निमन्त्रणा दिन आएझैँ गर्छस्, म कुनै शान्तिलाई चिन्दिन भो ?”
“तान्छस्?” उसले सल्किएको चुरोट मतिर लम्कायो
“कैले तानेको देखेको छस् ?”
“अनि पान नि ?”
हात अघि बडाउदै बोले, “त्यति सारो साधु पनि हैन ल म ”
बिचमै करायो उ, “हो रैछ मुला ,पान बेरेको पेपर त फ्याकेर खा ?”
जर्दाको सर्कामा थुक सर्किदा हिक्क हिक्क लाग्दा हाँस्यो उ
“४२० (चारसौ बिस ) सुनेको पनि थिस् के ?”
जर्दाले खुट्टा लर्बराउदै गर्दा कानैमा आवाज पर्यो
“के हो आँखा छैनन् कि क्या हो तेरो ? हेरेर हिँड्न सक्दैनस् ?”
“सरि शान्ति, लिभ अस प्लिज” उसले बिन्ती बिसायो।
परिचित आवाजभित्र म रोकिएँ ।साथीको सकुनी पासोमा झेलिएर फनफनी घुमेको भुइँसँगै २-३ वटी देखिने शान्ति मेरी हो या उसकी अत्तोपत्तो भएन; बस मेरो मात
उसलाई चढी रहेथ्यो तर जवानीको ।