ओझेलका मान्छेहरू

सहयात्री ढकाल 
अमेरिका
घामको पर्खाइमा
बिहानीको पर्खाइमा
शीतल जुनको पर्खाइमा
उज्यालोको पर्खाइमा
यी पारिजातका मान्छेहरू
कहिल्यै न्याय नपाउनेहरू
यी भुईँ मान्छेहरू।
——–
सधैँ चुपचाप बस्नेहरू
मात्र सधैँ  सुन्नेहरू
टाउको हल्लाउनेहरू
 इतिहासका पानाबाट ओझेल
पर्नेहरू
ग्यास चेम्बर भित्र
थुनिएकाहरू
अवसरबाट टाढा रहेकाहरू
भाग्य र भविष्यबाट
बचितहरू
माया र ममताबाट
हडपिएकाहरू
यी भुईँ मान्छेहरू,,,,,,।
……………
सुन्दर सपना देखेर
सकिनेहरू
जीवनमा रमाउन
नपाएकाहरू
आशा र भरोसाबाट
टाढिएकाहरू
इतिहास बनाउन
नपाएकाहरू
सधैँ  अरूबाट
दबाइएकाहरू
कसैको बिचारमा
झुक्क्याइएकाहरू
यी प्रताडित मनहरू
आफ्नै भूगोलबाट
निकालिएकाहरू
हो,यी भुईँ मान्छेहरू
……………..
अब कतिन्जेल बाँच्छौ
घामको पर्खाइमा
जुनको शीतल खोज्दै
बिहानीको किरण खोज्दै
ए राति फुल्ने ,
पारिजातका मान्छेहरू
समय आयो अब बिचारको
औजार लिएर उठ!
सन्ततिको लागि …..
तिमीसँग धेरै योजनाहरू छन्
लिएर आऊ ।
तिमी त सुमेरु पर्वत हौ
आँधी हुरीसँग लड्ने
 क्षमता राख्छौ
ए टाउको हल्लाउनेहरू हो
अब त बेला भयो
योजनबद्ध भएर आऊ
इतिहास कोर्न
संसार तिम्रो पनि हो
ए भुईँ मान्छेहरू हो
संसार एक बनाउन
आकाशमा देखिएको
कालो बादल हटाउन
अब त जुट्नु पर्छ ,,।

Leave a Reply

Your email address will not be published. Required fields are marked *