औँसी रात महाँ प्रकाशन

कवि

श्याम प्रसाद खनाल,
पेनसिलभेनिया, अमेरिका

अम्स्कार छ सर्व शक्ति स्वरुपी स्वर्लोकमा पूजिने।

हेर्दै फ़ेर्सव सौख्य बाँटि हिँडने विर्वाहु शङ्खै लिने॥

यो सन्सार महा न कोहि रहला विना प्रभूले कतै।

पद्मै हात विषे धरेर अरको चक्रै लियी हातमै॥१॥

आफ़्ना भ्क्त विषे अझै गरि दया फ़ेर्हात चौथो भने।

हीरा आदि सुवर्ण रत्न वटूली भण्डारमा भर्दिने॥

यस्ति हे! जगकी प्रभाव फलकी हे! शक्ति माया रमा।

तिम्रै कीर्ति चली गरुन्ढलि मली बुद्धी र वल्सारमा॥२॥

यो सम्वत्सर क्रोधि भो तर प्रभू इच्छा बढाई नै।

घर्मा भो कित वैँकमा पुगि भनौ काम्दरिका पेटमै॥

गर्द्यौ वास उदार भाव सँगले लिन्दिन्सदा भेटामा।

गर्छौँ पूजन आज फूल, फललेस सुन्मा कि तस्वीरमा॥३॥

तिम्रो विस्म्रित हुन्न मानव विषे जती धरा वस्छिन।

आसा रखि मुमा भनी हजुरमा यो जीव अर्पिन्छन॥

तूलामा जव सूर्यका गति पुगे कार्तीक कृष्णै कन​।

औँसी रातमहा प्रकश गरिने दीपै जलाइन्छन॥४॥

घर्को आगन देखि चौतरफ़ि भो ढोका र भन्डारमा।

वालि दीप र रङ्गि, चङ्गि फ़ुलका माला सजाई जहाँ॥

सेवा, स्वागत लक्ष्मिजी कन भनी भैली र द्यौसी भनी।

गर्छौँ उत्सव हामि हे! भगवती आऊन लक्ष्मी भनी॥५॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *