कति मापाको हुँदोरहेछ विछोड
शिवलाल दाहाल
खुदुनावारी
उनीहरुलाई विदाइ भेट गर्न पुग्दा
साँझ परेको थियो– झिसमिसे
हतारमा कुरा गर्यौं
मिलन विछोडका–
कति कुरा सम्झिएर बिर्सिन खोज्यौं
कति कुरा बिर्सिएर सम्झन खोज्यौं
हतारमा कुरा गर्यौं
मिलन विछोडका–
संगै बिताए ती पलहरु
एकाएक टाडा हुँदै थिए
कति मापाको हुँदोरहेछ विछोड
मृत्युभन्दा पनि असह्य
आँखाभरि आँसु पारेर भावुकताहरु साट्यौं !