कथा भित्रको कथा
जलन भण्डारी
एडिलेड अस्ट्रेलिया
म ठीक पाँच बजे उठ्छु,
आधा घन्टाको अन्तरालमा
दैनिक कार्य सकेर,
बिहानीको मिर्मिरे उशासंग
मितेरी गाँस्दै रम्न रमाउनमा
अरु एक घण्टा बिताउछु
यस पछिको एक घण्टा,
चुल्हा चौकोमा बिताउदा,
ठिक साढे सातको दशाले,
मेरा अवाक पाईलाहरु,
उही बाटो उही गोरेटो हुँदै,
बस स्टप १७ तिर लाग्छन
आठ बजेर पाँच मिनेट जाँदा,
म आफुलाई बसभित्र पाउछु,
अनि पचिश मिनेट पछी,
सरस्वतीको प्रिय भक्त हुन्छु
दैनिक कार्यलाई काखी चेपि,
कहिले तिन त कहिले चार,
कहिले चार त कहिले पाँच बजे,
विदा भएर घर र्फकन्छु
घरको संघारमा पुग्दा,
फेरी कहिले एपोंइन्मेंटको चटारो
त कहिले सोप्पिंग लिस्टको झटारो,
यसरी नै दैनिक कार्य सकेर,
उही साढे सातको गोधुलीमा,
मेरा उत्तरअधिकारी र अर्धांगिनीसंग
लखतरान हुँदै माया साट्न पुग्छु
यसरि मेरो वास्तविक उपन्याशको,
म नै मुख्य पात्र बनेको छु,
लेखक आफ्नो प्रत्येक उपन्यासमा
पात्रलाई मार्न बाध्य हुन्छ
तर मैले त कसैलाई मारिन,
बरु आहार र माया बाडे,
संघर्सरत बाँच्ने सल्लाह दिए
अनि बेलुकीको सुखको भोजन पछी,
ठिक साढे आठ बज्दा,
चल्तीको चलन भनेझैं,
भूगोल समेट्ने इन्टरनेटमा,
गलेका र थाकेका औंलाहरूले
साथि संगीसंगको च्याटमा
भुसुक्कै दुइ घण्टा बिताएछन्
फेरी उही भोलिको दिनचर्या सम्झेर,
हतारिंदै किताब कपि खोल्छु,
गृहकार्य सकेर घडी हेर्छु,
रातको ठिक बाह्र बजिसकेको रहेछ,
एडिलेड सहर लम्पसार थियो,
सुटुक्कै निन्द्रादेबिको काखमा
म पनि लुटपुटिन पुग्छु I