कर्म हो गर त्यो

भानु ढुंगाना
क्यानाडा
दु:खको ! पहाड किन नहोस् ?,आफ्नू माटो आफ्नै हुन्छ !
आफ्नू माटो आफ्नैलागि, प्राण भन्दा प्यारो बन्छ !
देशको माटो सृजनाले सजाएको हुन्छ
पराई घरको दासीमिठो, देशको जस्तो कहाँ हुन्छ ?
आफ्नु देशको खोले फाँडो, आफ्नै मीठो हुन्छ !
देशको माटो सम्झिएर, यो मन अझै रुन्छ
आफ्नू मुलुक जस्तो सृष्टि, अर्को कहाहुन्छ ?
सृष्टिकालको मातृभूमि, अझै यो मन छुन्छ !
अर्काको उपदेशभित्र, कठोर गाली लुकेकै हुन्छ
आफ्नी आमाको वात्सल्यमा, सुन्दर भविष्य बन्छ
भुलेर पनि भुल्नु नहुने ,देशकै, माटो हुन्छ
मातृवात्सल्यता रित्याउने, कस्तो मानव हुन्छ ?
मौवाको काप फोरेर, बर पिपल पलाउँछ
मुलैदेखि जरा गाडी, धर्ति मै कहलाउँछ
ढुङ्गाको चेप तोडेर, पाख्री हो त्यो पलाउँछ
पहरो खहरो छोपी ,सृष्टिले तहलाउँछ
पाजी पाख्रीको दृष्टि त्यो हेर ,कस्तो चमत्कार देखाउँछ
हामी त उसमा मानव हौँ, कस्तो शिर झुकाकाउँछ ?
उठौं जागौँ जगाउँ, सृष्टिले सघाउँछ
दासत्व बिलासीले, हाम्रो सभ्यता मेटाउँछ
लोहाको जोडी लोहा हो, कुलागंाग्रीले जन्माउँछ।