कवि डिल्लीराम शर्मा आचार्यसँग रमेश गौतम

वि.स २०१६ सालमा सरभाङ, भूटानमा जन्मिएका कवि डिल्लीराम शर्मा आचार्य हाल नर्वेको क्रागेरोमा बस्छन्। साहित्यालंकार (बी.ए.) सम्मको औपचारिक शिक्षा हाँसिल गरेका कवि आचार्य पेसाले शिक्षक तथा पत्रकार हुन्। लामो समय शरणार्थी शिविरमा शैक्षिकक्षेत्रमा सेवा गरेका आचार्यले भूटानी साहित्यको उत्थान तथा विकासमा ठुलो योगदान गरेकाछन्।

नेपाली भाषा परिषद भूटान (नेभापभू)बाट २००१ र २००४ मा साहित्य अलंकार गुठी, खुदुनाबारी शिविर व्यवस्थापन समितिबाट २००५ मा सम्मान तथा अन्य थुप्रै साहित्यिक पुरस्कारहरु प्राप्त गरेका आचार्यका भूटानी आन्दोलनको विवरण (कविता सङ्ग्रह), जन्मभूमि (कविता सङ्ग्रह), मातृभूमि (महाकाव्य), चट्याङ (गीतिखण्डकाव्य), सरिता (खण्डकाव्य), राधा (महाकाव्य), वसन्त (महाकाव्य) सहित एक दर्जनभन्दा बढी पुस्तकाकारहरु प्रकाशित छन्। प्रस्तुत छ कवि आचार्यसँग Bhutaneseliterature.com का रमेश गौतमले गरेको संक्षिप्त कुराकानी:

कवि आचार्य
कवि आचार्य

आजकल के गर्दै हुनु हुन्छ ?
नेपालमा हुँदा आफूसँग प्रयाप्त स्रोत साधनहरू थिएनन् । हतारोमा लेखहरू लेखें अनि छपाउन पनि उस्तै आर्थिक समस्यले जकेडीदियो । अहिले समय पाउँदा म तिनै पुस्तकहरुको त्रुटिलाई सच्याउने कामगर्दै छु, नयाँ संस्करणहरुका लागि ।

पुनर्वास पछिको जीवन कस्तो छ ?
पुनर्वास पछिको जीवन भोगाई भौतिकरुपले भन्ने हो भने शरणार्थी जीवन भोगाई भन्दा उच्चस्तरको नै भन्नु पर्छ । पारिवारिक, आध्यत्मिक तथा सांस्कृतिकरुपमा भन्ने हो भने गरिब नै भन्नु पर्छ । नयाँ ठाउँ, विकसित मुलुकहरूको रहनसहन,भाषा,कला संस्कृति र कामकाजको परिवेश हाम्रो जीवनशैलि भन्दा फरक भएकोले सहजै घुलमेल हुन सक्ने अवस्था देखेको छुइन ।

लामो समयदेखि साहित्यमा लागिरहनु भएको छ । किन लेख्नु हुन्छ ?
करिब दुईदशकको मेरो साहित्ययात्रामा जति म नेपालमा हुँदा साहित्य सृर्जना गर्दथेँ, पुनर्वास भए पछि विविध कारणहरूले मेरो सिर्जनामा ह्रास आएको छ । जुन गतिमा कलम चलाउनु पथ्र्यो त्यो गतिमा कलम चल्न सकेको छैन ।
साहित्य सिर्जना गर्नु भनेको पहिलो कुरा त मनमा लागेका पीडाहरु अरूका सामुमा व्यक्त गरेर चेतना पैmलाउनु नै हो । दोस्रो आफूले सिके जानेका कुराहरू भोलिका सन्ततिले पनि सिकुन भन्ने हो । तेस्रो कुशासन वा समाजभित्र हुने गरिने असामाजिक क्रियाकलापलाई निरुत्साहित गर्नु हो ।

साहित्यमा लाग्ने प्रेरणा कहाँबाट पाउनु भयो ?
जब हामी भूटानबाट लखेटिएर नेपालको शरणार्थी शिवरमा आश्रय लिन पुगियो त्यसताका गंगाराम लामिटारेको नेतृत्वमा “नेपाली भाषा परिषद् भूटान ” (नेभापभूको ) स्थापना भएको थियो । पछि साथीहरूले परिषदमा भाग लिए र धमाधम शरणार्थी विद्यालयाहरुमा नेपाली शिक्षक नियुक्त हुन थालेपछि मलाई पनि शिक्षक बन्ने जोस पल्हायो । लेख्ने विषयमा त मैले सोचेको पनि थिइन जब मैले साहित्यको अध्ययन गर्दै लगें अनि मलाई थाह भयो कि लेख त हामी जस्तै मान्छेले पो लेखेका रहेछन् । त्यसपछि भानुजयन्ती समारोहमा मेरो पहिलो छन्दमा लेखिएको कविता “ देशप्रेम ”वाचन गर्ने मौका पाएँ त्यसले मलाई महत्वपूर्ण ऊर्जा प्रधान ग¥यो र मेरा अग्रजहरुले पुरस्कार तथा प्रेरणा प्रधान गरे अनि म निरन्तर लेखनकार्यमा लागेँ ।

समकालीन भूटानी नेपाली साहित्यको स्तर कस्तो छ जस्तो लाग्छ ?
पुनर्वास पछि सर्जकहरुमा विभिन्न अवस्थाले विचलन आएको देखिन्छ । पारिवारिक बिछोड,समयको अभाव,स्रोत साधन भएर पनि आर्थिक जुट्न नसक्नु ,सहपाठीहरुको अभाव तथा समयसमयमा साहित्यिक गोष्ठीहरु हुन नसक्नु,नयाँ सर्जकहरुलाई वास्तविक साहित्यको ज्ञान गराउन नसक्नु र उचित समयमा उनीहरूको प्रतिभाको सम्मान वा कद्दर गर्न नसक्नु जस्ता कम्जोरीहरुले साहित्यको स्तरमा वृद्धि हुन नसकेको नै हुनु पर्छ ।

साहित्यको स्तर केले मापन गर्ने ?
साहित्य मापन गर्ने त्यस्तो यन्त्र फेला परे जस्तो मलाई लाग्दैन जस्ले सहजैरुपमा साहित्य मापन गर्न सकियोस् । मेरो विचारमा यस्को मापनयन्त्र भनेको लेखकहरुमा भएको गुणस्तरता तथा परिस्कृत एवं कलात्मक भाषाशैलि नै हो । जस्को स्तर र मूल्याङ्कन गोष्ठी वा समेलनबाटमात्र सहजरुपमा मापन गर्न सकिन्छ ।

धेरैतिर हामीबाट स्तरीय लेखन आउन नसकेको कुरा सुनिन्छ । आज हामी कहाँनेर चुकिरहेका छौँ ?
म पनि साहित्यको एउटा साधारण विद्यार्थीमात्र हुँ । ममाथिका साहित्यसाधक प्रखर विद्वान गुरुहरु हुँदाहुँदै मैले नै भनिहाल्नु उचित थिएर,तरपनि मेरो विचारमा पुनर्वास हुनुअघि जुन गतिले भोटाङेली सर्जकहरुमा साहित्यप्रति जोस,जाँगर र उत्साह थियो पुनर्वास पछि त्यो ह्वात्तै घटेर एकफेरा शुन्यप्राय देखियो । यस्को मूल कारण भनेको पुराना पुस्ताका साहित्यकारहरुको निस्क्रियता नै मान्नु पर्छ । साथै नयाँ पुस्ताका सर्जकहरुलाई प्रयाप्त मार्गदर्शन गराउन नसक्नु ,साहित्यको मूलरुप के हो सिङ्गो साहित्यको विकास र सिर्जनामा कस्ता विषयहरू समेटिनु पर्छ भन्ने कुराको जड पत्तालगाउन र त्यसको सतहसम्म पुग्ने दीव्यचक्षुको पनि अभावको कारणले गुणस्तरीयमा कमी हुन सक्छ । यसतर्पm नयाँ वा पुराना दुवै पुस्ताका सर्जहरु चुकिरहेको देखिन्छ । यो अवस्थालाई हेरेर भन्नु पर्दा नयाँपुस्ताले साहित्यका धेरैवटा विधाहरुमा कलम चलाउन सकेको देखिदैन । महाकाव्य,उपन्यास,कथा,खण्डकाव्य,समालोचना,नाटक,गीति साहित्यका अतिरिक्त संस्कृति,कला,संस्कार एवं सङ्गीतका पाटाहरु सामाजिक रहनसहन,राजनीतिक परिवेश इत्यादि साहित्यभित्र समेटिनु पर्छ । यी मुख्य जीवन दर्शनका विधाहरु शुन्यप्राय नै रहेका छन् । यी विधाहरुमा बराबर कलम नचलेसम्म साहित्यको विकास भएको मान्न सकिदैन । अझ दुःखलाग्दो कुरा त संसारका कुनै पनि पुस्तकालयमा भोटाङेली लेखकहरुको पुस्तक पाउने अवस्था छैन । लेखेर अनि भाषण छाटेरमात्र साहित्य हुँदैन त्यस्को संरक्षण एवं सम्बद्र्धन हुन पनि उत्तिनै आवश्यक छ । साहित्य भनेको नै दर्शन हो निरपेक्षरुपमा जस्ले गौण विषयहरुलाई समेटेर समाजलाई मार्गदर्शन गराओस ।

पुनर्वासले खास गरी अघिल्लो पुस्ताका साहित्यकर्मीहरुलाई निष्क्रिय प्रायः बनायो भनिन्छ; के हो यस्को कारण ? समाधान के हुन सक्छ ?
पहिलो कुरा त आपैmमा बुझाइका अभावहरु छन् । दोस्रो एकले अर्कालाई सम्मान गर्ने परम्परा न्यून हुँदै जानु हो । तेस्रो आÏनै व्यास्थताका विविध कारणहरू पनि हुन सक्छन् । चौथो बीचबीचमा अनावश्यक विवादहरु जन्मिनु र त्यस्को समयमा समाधान हुन नसक्नु । यस्तै विविद कमिकम्जोरीले अघिल्लो पुस्ता स्वतः निष्क्रिय बन्न पुगेको देखिन्छ । यी दुवै पुस्ताको मतमतान्तरले सिङ्गो साहित्यक्षेत्रलाई नै प्रभावित पारिराख्नु भएन । साहित्यमा विवाद वा बहसहरू हुन्छन् त्यसलाई दुवै पुस्ताले सकरात्मकरुपमा लिनु पर्छ र त्यस्को उचित समयमा समाधान गरिनु पर्छ । त्यसका लागि समयसमयमा भेला वा गोष्ठीहरुको आयोजना हुनु पथ्र्यो त्यो हुन सकिरहेको छैन । नयाँ पुस्ताले पुराना पुस्तालाई जग बनाएर माथि उक्लिने काम गर्नु पर्छ । पुराना पुस्तासँग भएका ज्ञान,सीप, अनुभवहरू र समाग्रीहरु नै नयाँ पुस्ताका लागि कोशेढुंगो साबित हुन सक्छ ।

पछिल्लो समयमा युवापुस्ताका लेखकहरुको सङ्ख्या ह्वात्तै बढेर गएको छ । भूटानी साहित्यको भविष्य कस्तो देख्नु हुन्छ ?
सिङ्गो वा पूर्ण साहित्यको सिर्जना हुनु भनेको साहित्यका सबै विधाहरुमा बराबरी कलम चलाउनु नै हो । हाम्रो यो पछिल्लो समयको साहित्य सिर्जनालाई दृष्टिगत गर्दा सर्जकहरुले यदाकदा फुट्कर कविताहरू वायक साहित्यको एउटा विधा गजललाई नै मात्रै केन्द्रित गरेको देखिन्छ । आज आएर लेखकहरुको सङ्ख्या ह्वात्तै बढेको देखिए पनि साहित्यको स्तर भने बढ्न सकेको देखिदैन । गजल,रुवाइ तथा मुक्तकले मात्र साहित्यको भविष्य बन्दैन र स्थान पूर्ति गर्न पनि सक्तैन । यी त केवल छोटा सन्देश र मनोरञ्जनका लहरहरुमात्र हुन् । मेरो तात्पर्य यसलाई त्याग्नु भन्ने होइन यस्का साथसाथै नव प्रतिभाहरुले साहित्यका अरू विधामा पनि उत्तिकै कलम चलाउन आवश्यक छ । भोटाङेडीहरुको छुट्टै पहिचान र इतिहास बोकेको साहित्य जन्माउन सकेमात्र अन्तर्राष्ट्रिय स्तरको मान सम्मान र मान्यता प्राप्त होला ।

के छन् कमी कम्जोरी आजको पुस्तामा ?
पहिलो कुरा दर्शनको खाँचो छ । दोस्रो तालिम वा प्रशिक्षणको पनि उत्तिकै खाँचो खड्किएको छ । तेस्रो एकअर्काप्रति हुनु पर्ने सद्भाव र समन्वय हुन सकिरहेको छैन । नव सर्जकहरुले पाउनु पर्ने प्रेरणा,जोस जागर र मार्गदर्शन दिन सकेको छैन । आÏनो तौर तरिका एवं बलबुताका भरमा उनीहरूले साहित्यको सिर्जना गरिरहेका छन् । उनीहरूलाई सिर्जनाका लागि यी खुराकरुको अत्तिनै खाँचो छ । यस्ता खुराकहरु नवसर्जकहरुले समयसमयमा पाउने हो भने हाम्रो साहित्यलाई पनि अन्तर्राष्ट्रि स्तरको साहित्यसँग उभ्याउन गाह्रो पर्ने थिएन ।

भूटानी साहित्यको मूल्याङ्कन कति भएको छ ? यस मूल्याङ्कनबाट तपाईँ सन्तुष्ट हुनु हुन्छ ?
सन् १९९३ यता हालसम्मको साहित्यिक गतिविधिलाई समग्ररुपमा मूल्याङ्कन गर्नु पर्दा अरू देशका तुलनामा शुन्यप्रायः नै भन्नु पर्छ । हाम्रै पृष्ठभूमिलाई मात्र हेर्ने हो भने सामान्य भन्दा केही माथि, रोपेको बिरुवा सर्न थालेको अवस्था भने पक्कै होला । यसमा पनि आज आएर विद्युतीयरुपमा चलाईने साहित्यको परिमाण केही बडी देखिन्छ । पुस्तकका रूपमा प्रकाशित हुने साहित्यले भने हाल आएर विश्राम नै लिएको दुभाग्यपूर्ण अवस्था मान्नु पर्छ । मलाई लाग्छ भूटानी नेपाली साहित्यप्रति सन्तुष्ट हुने ठाउँ त प्रसस्तै छ,साहित्यको विकासप्रति भने सन्तुष्ट लिने अवस्था छैन । जुन गतिमा सिर्जनाहरु भए त्यो गतिमा विकास हुन सकेको देखिदैन । साहित्यको स्तर मापन गर्ने भनेको नै बृहत् साहित्य समेलन हुनु हो । गठन भएका परिषद् वा संघठनप्रमूखहरुले समेलन गराउन सकिरहेका छैनन् ।

हाम्रा पाठकहरूलाई के भन्न चाहनु हुन्छ ?
साहित्य संरक्षक भनेकै पाठकहरू हुन् । सर्जकहरुले सिर्जेका सिर्जनालाई पाठकहरुले हात थापिदिनु पर्छ । हिजोको जस्तो जीवनस्तर आज हामीसँग पक्कै पनि छैन । सर्जकका सिर्जनालाई हामी सहजरुपमा ग्रहण गर्न सक्ने भएका छौँ । फेसबुकका भित्तामा टासेको साहित्यलेमात्र समाजको विकास र उन्नति गर्न सक्तैन । साहित्य धनी भयो भनेमात्र समाज र देश धनी हुन्छ । पाठकहरुले खुल्ला हृदयले मुठी फुकाईदिनु होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *